कोशी प्रदेशमा गठबन्धनको फोहोरी खेल : एमाले अध्यक्ष ओली

विराटनगर, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तागठबन्धनले फोहोरी खेल खेलेको बताउनु भएको छ । सरकार गठनमा गठबन्धन आबद्ध दलले संविधान तथा लोकतान्त्रिक मूल्य मान्यता विपरित काम गरिरहेको बताउनुभयो । कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठकलाई आज विराटनगरमा संवोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो,‘ सभामुखलाई […]

सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल

विराटनगर १० भदौ । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको सभापतिमा एमालेले मोरङ क्षेत्र नंं २ का सांसद ऋषिकेश पोखरेललाई उम्मेवार बनाउने भएको छ । प्रतिनिधिसभाका १० वटा संसदीय समितिको सभापतिहरु आज चयन गरिदैछ । प्रमुख प्रतिपक्षी दलका सांसद रहने सार्वजनिक लेखा समितिको सभापतिमा एमालेले पोखरेललाई उम्मेदवार बनाउने भएको हो । १२ वटा संसदीय समितिहरु मध्ये […]

सदन र सरकार सहमतिबाट चल्नु पर्छ : मुख्यमन्त्री थापा

विराटनगर, ६ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सदन र सरकार सहमति र सहकार्यबाट चल्नु पर्ने बताउनुभएको छ । कोशी प्रदेश सभाको बैठक आज स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सहमति र सहकार्यको विकल्प नरहेको बताउनुभयो । जनताको चाहना र आवश्यकता पूरा गर्न सदन र सरकार आपसी सल्लाह, सहमति र सहकार्यबाट चलाउन प्रतिपक्ष दलका […]

एमाले र राप्रपाद्वारा कोशी प्रदेश सभा बहिस्कार

विराटनगर ६ भदौ । कोशी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिस्कार गरेका छन् । सोमबारका प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखकोे भूमिकामा रहेका अध्यक्ष मण्डलका सदस्यले गैह्र संवैधानिक कार्य गरेको भन्दै दुवै दलले प्रदेश सभाको बैठक बहिस्कार गरेका हुन् । कोशी प्रदेश […]

कोशीका मुख्यमन्त्री थापालाई पदमुक्त गराउन माग गर्दै एमालेद्धारा सर्वाेच्चमा रिट दर्ता

विराटनगर ६ भदौ । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वाेच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, भदौ ४ का सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर […]