विराटनगर २० चैत । विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । […]
विराटनगर २० चैत । सहकारी पत्रकारिता पुरस्कार सहकारी अखबार डट कम कोशी प्रदेश संवाददाता चीना थापालाई प्रदान गरिएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवस : मूलसमारोह समितिले सोमबार सुन्दर हरैचाको विराट चौकमा गरेको कार्यक्रममा थापालाई सम्मान गरिएको हो । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले नगद ११ हजार १ सय नगद सहित पत्रकार थापालाई सम्मान […]
विराटनगर २० चैत । १६ औ विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रम गरि विराटनगरमा पनि मनाईएको छ । अटिजम केयर सोसाइटी र राउण्ड टेवल विराटनगरको सहकार्यमा शनिबार साँझ अटिजमको बिषयमा जनचेतना जगाउने उद्देश्यले विराटनगरस्थित सेन्ट्रल मलको प्राङगणमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अटिजम केयर सोसाइटी विराटनगरका अध्यक्ष निधिरत्न बास्तोलाले अटिजम भएका व्यक्तिहरुको अधिकार […]
विराटनगर २० चैत । कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले महिला शशक्तिकरणको क्षेत्रमा ओरेक नेपालको भूमिका महत्वपूण रहेको बताउनु भएको छ । उहाँले हिंसा पीडितलाई समाजमा पुर्नस्थापना गराउन ओरेक क्रियाशिल रहेको बताउनुभयो । ओरेक नेपालको ३२ औं बार्षिकोत्सवका अवसरमा आईतबार विराटनगरमा आयोजित कार्यक्रममा उपसभामुख दनुवारले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ महिला शशक्तिकरणका कारण […]
विराटनगर २० चैत । कोशी अस्पताल विराटनगरले पहिलो पटक टाउको खोलेर मस्तिष्कभित्र गाडिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ । मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मस्तिष्कमा गाडिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो । अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवको नेतृत्वको चिकित्सकीय टिमले राजभारको मस्तिष्कमा […]