विराटनगर ७ कात्तिक । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा मणिकुमार अर्ज्याल चयन हुनु भएको छ ।
सञ्चालक समितिको आज बसेको बैठकले उहाँलाई अध्यक्षमा चयन गरेको हो । वित्तिय क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका नेरुडेका संस्थापक समेत रहनु भएका अर्ज्याललाई आज अध्यक्षमा चयन गरिएको हो ।
अर्ज्याल यसअघि नेरुडेको प्रमुख कार्यकारी अधिकृत हुनुभएको थियो । प्रमुख कार्यकारी अधिकृतको कार्यकालपछि उहाँ सञ्चालक सदस्य रहँदै आउनु भएको थियो ।
नेरुडे र मिर्मिरेले एक आपस गाभिएर गत चैतदेखि एकिकृत कारोवार शुरु गरेका हुन । ६१ जिल्ला कार्यक्षेत्र रहेको नेरुडे मिर्मिरेको २२५ वटा शाखा रहेको छ ।