आन्दोलनरत पहिचानवादीलाई वार्तामा आउन कोशी प्रदेश सरकारको आग्रह

विराटनगर १६ जेठ । प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई वार्तामा आउन कोशी प्रदेश सरकारले औपचारिक आव्हान गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले आज प्रेस विज्ञप्ति मार्फत आन्दोलनरत पक्षलाई वार्ताको लागि आव्हान गर्नुभएको हो । वक्तव्यमा जुनसुकै आन्दोलनका निकास वार्ता भएकाले नामकरणको विरोधमा भइरहेको […]

कोशी प्रदेश सरकार र आन्दोलनरत पक्षलाई वार्तावाट समाधान निकाल्न दलहरुको आग्रह

विराटनगर १६ जेठ । प्रदेशको नामकरण पछि कोशी प्रदेशमा भइरहेको आन्दोलन र आन्दोलनरत पक्षको माग सम्बोधनका लागि राजनीतिक दलहरुले सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छन् । आन्दोलनरत पक्षसँग वार्ता गर्न प्रदेश सरकारले अग्रसरता नदेखाएको अवस्थामा दलहरुले तत्काल वार्ताको ठोस बाताबरण बनाउन आग्रह गरेका छन् । यसका लागि सत्तामा रहेका राजनीतिक दलहरुले सरकारसँग सहजिकरण गर्ने समेत प्रतिवद्धता […]

भ्रष्टाचारमुखी मानसिकताले भ्रष्टाचार मौलायो

विराटनगर १६ जेठ । समाजको भ्रष्टाचारमुखी मानसिकताले नेपालमा भ्रष्टाचार मौलाइरहेको एक कार्यक्रमका सहभागिहरूले बताएका छन् । सोमबार विराटनगरमा साझा सवालका लागि साझा मञ्च कोकनले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको अनियन्त्रित भ्रष्टाचार गणतन्त्रको मुख्य चुनौति विषयक अन्तरसम्बाद कार्यक्रममा सहभागिहरूले यस्तो बताएका हुन् । कार्यक्रममा राजनीतिशास्त्री तथा प्राध्यापक कृष्ण पोखरेलले समाजको भ्रष्टाचार मुखि मानसिकताले भ्रष्टाचार गर्न प्रेरित […]

आ.व. २०८०-०८१ को बजेटप्रति विराटनगरका उद्योगी व्यवसायीको मिश्रित प्रतिक्रिया

विराटनगर,१६ जेठ । सङ्घीय सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सार्वजनिक गर्नु भएको बार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवं व्यापारीले मिश्रित प्रतिकिया दिएका छन् । मोरङ व्यापार सङ्घको कार्यालयमा उद्योगी एवं व्यापारीहरुले सञ्चारकर्मीे सामूहिक रुपमा बजेट भाषणको अन्त्यमा प्रतिक्रिया दिनुभएको थियो । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट […]

महानगरपालिकाद्वारा गणतन्त्र दिवसमा दौड प्रतियोगिता

विराटनगर १५ । विराटनगर महानगरपालिकाले १६ औं गणतन्त्र दिवसको अवसरमा नगर प्रहरीको दौड प्रतियोगिता आयोजना गरेको छ । ५ किलोमिटरको दौड प्रतियोगितामा शम्भु घिमिरे प्रथम, शम्भु कामत द्वितीय र टेकेन्द्र अधिकारी तृतीय हुनुभयो । प्रतियोगितामा कर्मचारीतर्फ प्रोत्साहन पुरस्कार विनम ढकाल र चाँदनी राईलाई प्रदान गरिएको थियो । प्रतियोगिताका विजयी हुनेहरुलाई महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर […]