विराटनगर १ फागुन । पूर्वी तराईमा माओवादीका नाममा चन्दा आतंक मच्चाउने गिरोह मोरङबाट पक्राउ परेको छ । माओवादीको नाममा नयाँ समूह खडा गरेर मोरङ, झापा र सुनसरीका निजी विद्यालयमा चन्दा असुली गर्ने गिरोहका २ जना पक्राउ परेका हुन् । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी) महावीर नाम दिएर नयाँ भूमिगत संगठन खडा गरी चन्दा आतंक […]
विराटनगर २९ माघ । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो । जुनियरतर्फ साविक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अंक ल्याएर प्याब्सन स्पोर्ट्स […]
विराटनगर २८ माघ । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिंगिङ स्टार र डान्सिङ स्टार आइडल आयोजना भएको छ । स्कुल परिसरमा आइतबार सो आइडल भएको हो । शिक्षादीप सिंगिङ स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश मिश्र भए । यसैगरी शिक्षादीप डान्सिङ स्टार जुनियरतर्फको प्रथम लिजा सहनी, द्धितीय सुहानिका पौडेल र तृतीय रितिका भट्टराई […]
विराटनगर २८ माघ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएको छ । आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई मार्फत परिषद्ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । शिक्षा क्षेत्रको समग्र सुधारका लागि परिषद्ले सञ्चालन गरेको राष्ट्रव्यापी शैक्षिक अभियान २०८० मा उठान भएका माग एवम् सुझावहरू प्रमुख […]
विराटनगर २८ माघ । कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीलाई थप सेवा सुविधा दिने गरी ल्याएको अध्यादेशको नेकपा एमाले कोशीले आपत्ती जनाएको छ । एमालेले अध्यादेश तत्काल फिर्ता लिन पनि आग्रह गरेको छ । एमाले मोरङ पार्टी कार्यालयमा आज प्रेस चौतारीसँगको छलफल कार्यक्रममा अध्यक्ष घनस्याम खतिवडाले प्रदेश सभालाई वेवास्ता गर्दै ल्याईएको अध्यादेशको घोरनिन्दा गर्नुभएको छ । […]