विराटनगर २४ माघ । नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ । मोरङको बिराटचोकमा शुक्रबार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला उनी बेहोस भएर ढलेका थिए । उपचारका क्रममा विराट […]
विराटनगर २३ माघ । कोशी प्रदेशमा पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको विद्यालय केन्द्रीत (एचपिभी) खोप अभियान शुरु भएको छ । माघ २२ गते विहीबारदेखि कोशी प्रदेशमा अभियान शुरु भएको हो । अभियानमा ५० हजार ८६७ बालिकाहरुलाई खोप दिईने लक्ष्य रहेको छ । प्रदेश खोप समन्वय समितिले (एचपिभी) खोप अभियानबारे आज विराटनगरमा सरोकारवालावीच आयोजना गरेको अभिमुखीकरण […]
विराटनगर २३ माघ । नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले सडक, खानेपानी, स्वास्थ्य र रोजगारी मुख्य प्राथमिकता रहेको बताउनु भएको छ । बुढीगंगा क्षेत्रको आधारभूत समस्या समाधानलाई आफूले पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो । बुढीगंगा गाउँपालिका–६ बौराहामा आयोजित स्थानीयसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सडक, खानेपानी, स्वास्थ्य र रोजगारीका मुद्दालाई आगामी […]
विराटनगर २२ माघ । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नं. ६ का पूर्वसांसद लालबाबु पण्डितले ५ वर्षमा ५ अर्बको योजना सञ्चालन गरिएको बताउनु भएको छ । भौतिक पूर्वाधारका क्षेत्रमा ५ वर्षमा महत्वपूर्ण काम गरिएको उहाँले बताउनुभयो । क्षेत्र नं. ६ बाट २०७४ मा निर्वाचित पण्डितले २ ठुला सडक निर्माण, सामुदायिक भवन, विद्यालय भवन, झोलुङ्गे […]
विराटनगर २२ माघ । प्रेस चौतारी मोरङले कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार पत्रकार सुरेश अधिकारीलाई प्रदान गरेको छ । प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसका अवसरमा हरेक वर्ष वितरण हुँदै आएको सो पुरस्कारबाट लेटाङमा रहेर पत्रकारिता गर्दै आउनु भएका अधिकारीलाई पुरस्कृत गरिएको हो । पत्रकार अधिकारीलाई कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी […]