विराटनगर ११ जेठ । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर एकल छात्रा तर्फका खेलहरू भएको छ । जुनियर छात्र एकल तर्फ विराटनगरको एभरेष्ट स्कुल र बुढानिलकण्ठ स्कुल फाइनलमा […]
विराटनगर ६ जेठ । विराटनगर– १८ स्थित विराटराजाको दरबार भेडियारी देखि सुनसरीको बर्जु तालसम्मको आज भएको ‘हाफ म्याराथन दौड’मा नेपाली सेनाका नरेन्द्र सिंह रावत प्रथम भएका छन् । कोशी प्रदेश सरकार वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट –बर्जु हाफ म्याराथन’ नाराका साथ भएको उक्त्त दौडमा रावतले २३ किमिमिटर दुरी एक घण्टा १७ […]
विराटनगर, २५ बैशाख । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भर्खरै सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाई गरी भारत, पाकिस्तान जस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंग खेल्ने अवसर […]
विराटनगर १९ वैशाख । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट भएको छ । टियु मैदानमा आज भएको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे । नेपालका लागि गुलसन झाले […]
विराटनगर ३ वैशाख । प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा आज सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो । १११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो । यसअघि […]