खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा

विराटनगर, २९ माघ । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन प्रदेश १ को राजधानी विराटनगरमा हुने भएको छ । प्रजातन्त्र दिवसका दिन फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । महाधिवेशन आयोजनाको तयारीका बारेमा छलफल गर्न आज विराटनगरमा मूल समारोह समितिको बैठकसमेत बसेको थियो […]

विराटनगर सुपर किङ्सले फ्रेन्चाइज क्रिकेट लिग खेल्ने

विराटनगर, ७ भदौ । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज क्रिकेट लिगमा विराटनगर सुपर किङ्सले पनि भाग लिने भएको छ । आगामी सेप्टेम्बर २४ तारिखदेखि अक्टोबर २२ तारिखसम्म काठमाण्डौंमा हुने फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै विराटनगर सुपर किङ्सले सहभागि जनाउने भएको हो । प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो । […]

आइटिएफ तेक्वान्डो प्रदेश १ को अध्यक्षमा पुनः कार्की

विराटनगर, ३ भदौ । आइटिएफ तेक्वान्डो सङ्घ प्रदेश १ को अध्यक्षमा प्रवीणकुमार कार्की निर्र्विरोध निर्वाचित हुनु भएको छ । विराटनगरमा आज सम्पन्न सङ्घको दोस्रो प्रदेश अधिवेशनले कार्कीलाई पुनः अध्यक्ष चयन गरेको हो । कार्की यसअघि पनि आइटिएफ तेक्वान्डो सङ्घ प्रदेशको अध्यक्ष हुनुहुन्थ्यो । नवनिर्वाचित अध्यक्ष कार्कीले तेक्वान्डो खेलको विकास गरेर अगाडी बढने प्रतिवद्धता जनाउनु भएको […]

थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीको विराटनगरमा विदाई

विराटनगर, ३० साउन । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगरमा विदाई गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले आज आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरु प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश […]

मिल्समा सुरु भयो ग्रासरुट फुटबल प्रशिक्षण

विराटनगर, २८ साउन । मिल्स गोल्डकप ट्रष्टले साना बालबालिकालाई लक्षित गर्दै ग्रामरुट फुटबल प्रशिक्षण सुरु गरेको छ ।विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्र अर्थात भारतसँग सीमा जोडिएको स्थानका बालबालिकालाई लक्षित गर्र्दै ट्रष्टले ‘ग्रासरुट फुटबल’ प्रशिक्षण सुरु गरेको हो । जुट मिलको मैदानमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षणको सुरुआत गरेका हुन् । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि […]