विराटनगर, १४ असार । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत विराटनगरमा नवजात शिशुलाई श्वासप्रश्वासमा सहयोग सम्वन्धि तालिम मंगलबार सम्पन्न भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा करुणा फाउण्डेसनले असार १३ र १४ गते विराटनगरमा आयोजना गरेको तालिममा मोरङ र सुनसरीका १२ स्थानीय तहका २० जना नर्सीङ कर्मचारीहरुको सहभागिता रहेको थियो […]
विराटनगर, ९ असार । मोरङका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै आज सडक प्रदर्शन गरेका छन् । आर्थिक विधेयक २०७९-०८० ले उद्योगीलाई मर्कामा पारेको जनाउँदै उनीहरुले मोरङको बुढीगंगा गाँउपालिकास्थित विराटनगर धरान सडकखण्डको गोकुवा चोकमा प्रदर्शन गरेका हुन् । उद्योगीहरुले अर्थमन्त्री जनार्दन शर्माको आलोचना गर्दै राजीनामा माग गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष […]
विराटनगर, ८ असार । मोरङको दक्षिण क्षेत्रमा मातृ तथा बाल बालिकामा देखिएको कुपोषण न्यूनिकरणमा पालिकाले विशेष बजेट छुट्याउनु पर्ने देखिएको छ । गरीवी, अशिक्षा चेतनाको कमिका कारण यस क्षेत्रमा गर्भवती महिलाको मृत्यु र बाल कुपोषण देखिएकोले स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने टड्कारो देखिएको सहभागीले सुझाव दिनु भएको छ । विश्व खाध्य कार्यक्रमको आर्थिक सहयोगमा […]
विराटनगर, ८ असार । विराटनगरको विराट हेल्थ कलेज विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सहमत भएको छ । विद्यार्थीसँग कलेजले चारित्रिक प्रमाणपत्र निर्धारित शुल्क भन्दा बढी लिएको पाईएपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा आज विद्यार्थी, अभिभावक र कलेज प्रशासनवीच छलफल भएको थियो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभीटी) ले निर्देशन गरे […]
विराटनगर, ५ असार । नेपाल स्काउट ७१ औं स्थापना दिवसको अवसरमा विराटनगर स्काउट समितिले सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा परोपकारघाट विराटनगर वडा नं १ मा ७१ वटा विरुवा रोपिएका विराटनगर स्काउट समितिका सदस्य तुलसी घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा विराटनगरका विभिन्न विद्यालयका करिब २०० स्काउट विद्यार्थी र विराटनगर ओपन ट्रुपका […]