कोसी अस्पतालमा जनशक्तिको अभाव, सुरक्षा गार्ड नहुँदा असुरक्षा भएको विभागीय प्रमुखहरूको गुनासो

विराटनगर २४ माघ । देशकै पुरानो अस्पताल कोसी अस्पतालका विभागीय प्रमुखहरूले दक्ष जनशक्तिको अभावमा अस्पतालको सेवा प्रवाह प्रभावकारी रूपमा दिन नसकेको बताएका छन् ।


१ सय ३२ वर्ष पुरानो अस्पतालले प्रदेश १ का १४ जिल्ला, मधेस प्रदेश र भारतको बिहार राज्यका बिरामीलाई समेत सेवा दिनुपर्ने भए पनि जनशक्ति नहुँदा समस्या भएको उनीहरूको तर्क छ ।
अस्पतालमा ओपिडी सेवा लिन दैनिक १५ सय भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीको चाप भएका कारण एक जना डाक्टरले ८० जना सम्म बिरामी हेर्नु परेको विभाग प्रमुहरुले बताए ।
अस्पतालमा जनशक्ति भए पनि दक्ष जनशक्तिको अभावका कारण अस्पतालको सेवा प्रवाहमा समस्या भएको डाक्टर रोशन खड्काले बताए ।
उनले अस्पतालमा फेरिरहने मेडिकल सुपर टेन्ट र अस्पताल विकास समितिका बिचमा समन्वय नहुँदा समेत अस्पतालमा समस्या भएको बताए । कोसी अस्पताल विकास समितिको ४ महिना देखि बैठक बस्न सकेको छैन । आन्तरिक विवादका कारण बैठक बस्न नसक्दा चिकित्सक, कर्मचारीहरूले समस्या झुल्दै आएका छन् । यस विषयमा सरोकारवालाहरू मौन रहेको डा खड्काले बताए ।
प्रदेश १ संवाद समूहको आयोजनामा भएको कोसी अस्पतालको प्रभावकारी सेवा प्रवाहमा पत्रकारको भूमिका बिषयाक संवादमा सहभागी अस्पतालका बिभगीय प्रमुखहरूले अस्पतालमा असुरक्षा भएको बताए ।
अस्पतालमा राखिएका सुरक्षा गार्डहरूले प्रभावकारी रूपमा काम नगर्दा आफूहरुसँधै असुरक्षित भएर काम गर्नु परेको बताए ।
खड्काले भने, ‘सुरक्षा गार्ड राखिएको छ । अफ्ठेरो परेको बेला कोही पनि सुरक्षा गार्ड हुँदैनन् । सुरक्षा गार्ड नहुँदा डाक्टरले कुटाइ खानु परिरहेको छ । ’

अस्पतालको इमरजेन्सी विभागमा काम गर्ने डाक्टर माथि केही दिन अघि कार्यकक्ष मै हातपात र कुटपिट भएको थियो ।
अस्पतालका वरिष्ठ नरसिङ्ग प्रशासक मञ्जु यादवले अस्पतालमा स्टाफ नर्सको चरम अभाव भएको बताइन् ।
उनले कार्यक्रममा भनिन् ‘अस्पतालमा रहेका नर्सहरू २४ सै घण्टा खटिनु पर्छ । एक जना नर्सले १२ जना सम्म अप्रेसन गरेका बिरामीको हेरचाह गर्नु पर्छ । एउटा नर्सले कति जना बिरामीको केयर गर्नु पर्ने हो ? उनको प्रश्न छ,‘कोसी अस्पतालमा हामी नर्सहरूले मापदण्ड अनुसार काम गछौ भन्दा धर पाउँछौ ?’
उनले ३५० सैयाको अस्पतालमा स्वीकृत जनशक्ति नभएकाले काम गर्न समस्या भएको बताइन् । उनले जोखिम मोलेर काम गरेको भए पनि जोखिम भत्ता नपाएको गुनासो गरिन् ।

पहुँचवालाको दबाब
कोसी अस्पताल प्रसूति विभाग प्रमुख डा अन्जु देवले प्रसूतिको बेड सङ्ख्या घटाएका कारण प्रसूति भएकाहरूलाई भुईँमा राखेर उपचार गरिरहनु परेको बताइन् ।
पहिला १ सय बेड क्षमता थियो । नयाँ भवन बनेपछि ७५ बेडमा झारियो उनले भनिन् प्रसूतिको चाप बढेका कारण काम गर्ने समस्या भएको बताइन् ।
राजनीतिक दलका नेता र पहुँचवालाहरूले प्रसूति गराउन दबाब आउँछ । उनले भनिन्,‘भर्ना गरौँ बेड छैन नगरौँ दबाब छ ।’ प्रसूति विभावमा आवश्यक डाक्टर भए पनि स्टाफ नर्सको अभाव रहेको उनले बताइन् ।
हामी काम गछौ भन्दा पनि काम गर्ने वातावरण भएन ? हामीले दबाबका बिचमा गरेको कामको समेत मूल्याङ्कन नहुँदा मनोबल गिरेको छ ।
कोसी अस्पतालका डेन्टल विभागका प्रमुख डा सुधीर श्रेष्ठले आफ मातहतको विभागमा ठाउँको अभाव भएको बताए । उनले डेन्टलकै विभिन्न विभाग र विशेषज्ञ डाक्टरहरू हुन्छन् । तर भएका जनशक्तिले समेत काम गर्न सकेका छैनन् । उनले आफूहरूलाई जनशक्ति र भौतिक पूर्वाधार कम भए पनि पहुँचवालाले काम गर्ने पर्छ भन्ने दबाब दिने गरेको बताए ।
हामी असुरक्षाका बिचमा काम गरिरहेका छौ । तर हाम्रो वृतीविकास र क्षमता विकासका क्षेत्रमा कसैले सोचेको छैन । डाक्टर आफैले बिरामीलाई अस्पतालको जानकारी सूचना दिनु पर्छ । उनले भने ठाउँ ठाउँमा रहेका काउन्टरमा बिरामी र बिरामीका आफन्त लाइन लाग्नु पर्ने समस्या भएका कारण बिरामीहरूले सास्ती खेप्नु परेको उनले बताए ।
उनले भने, ‘अस्पतालमा सहजीकरण गर्ने कर्मचारी पनि छन् । उनीहरूले बिरामी र बिरामीका आफन्तलाई सहजीकरण नगरिदिँदा समस्या भएको छ । यसको अपजस हामीले खेपी रहेका छौ । ’
अस्पतालका अर्थोडिक वार्डका इन्चार्ज लजिता योन्जनले अस्पतालको संरचनाका कारण फोहोर व्यवस्थापनमा समस्या परेको बताइन् ।
जनशक्ति अभाव हुँदा हुँदै पनि काम गरिरहेका छौ । तर पुरानो संरचनाका कारण हामीलाई काम गर्न समस्या छ । उनले अस्पतालको सबै भन्दा संवेदनशील वार्डमा शौचालयको फोहोर आउने गरेको बताइन्।
उनले भनिन्,‘हाम्रो समस्या सुनिँदैन । वार्डमा फोहोर भयो भनेर फोटो सार्वजनिक हुन्छ । यो हाम्रा कारण भएको होइन भन्न समेत पाउँदैनौ ।’
अस्पतालका इमरजेन्सी विभावका प्रमुख डा गजेन्द्र यादवले अस्पतालमा फोहोर व्यवस्थापनमा समस्या भएको बताए । उनले ड्रनेज सिस्टम राम्रो नहुँदा फोहोर व्यवस्थापन चुनौती बनेको बताए । अस्पतालमा देखिने भनेको सरसफाइ हो । ड्रेनेज सिस्टम नै राम्रो नहुँदा कोसी अस्पतालमा फोहोर भएको उनले तर्क गरे ।

ओएनएम सर्भे पास गर्न सहयोग
अस्पताल प्रशासनले भने अस्पतालको समस्या समाधान गर्न प्रयासरत भएको बताएको छ । संवादमा सहभागी कर्मचारी प्रशासनका प्रमुख नवराज लुइँटेलले ११ सय २५ जनाको दरबन्दी स्वीकृतका लागि पठाएको र सो दरबन्दी स्वीकृत भएर आए अस्पतालमा देखिएको जनशक्ति अभावको समस्या समाधान हुने बताए ।
हामीले पठाएको फायल स्वास्थ्य मन्त्रालयबाट अर्थमा गएर अड्किएको छ । उनले भने,‘अर्थ मन्त्रालयलार्य लाई फायल स्वीकृत गर्न दबाब दिन पत्रकारहरूले लेखि दिनपर्यो बोल्दिन पर्यो । कोसी अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन पत्रकारको सहयोग आवश्यक छ । ’
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा लक्ष्मीनारायण यादवले अस्पतालमा भएको समस्या समाधान गरी सेवा प्रवाह गर्न लागेको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले सरकारका कारण नै अस्पताल विकास समिति र अस्पताल प्रशासनका बिचमा विवादले भएको बताए । उनले अस्पतालमा ७ अर्बको लगानीमा भवनहरू बनिरहेकाले भौतिक पूर्वाधारको समस्या हट्ने बताए । हामीले भौतिक पूर्वाधार निर्माणमा काम गरिरहेका छौ । निर्माण सम्पन्न भएपछि अस्पतालको रूप फेरिने उनले बताए ।

अस्पतालका सहयोगी हौ पत्रकार
संवादमा सहभागी पत्रकारहरूले आफूहरू पनि कोसी अस्पतालको सेवा प्रवाह राम्रो होस भनेर लागेको बताए । हामी अस्पतालका सहयोगी हौ । अस्पतालमा परेको समस्या हामीलाई सुनाउने वातावरण मिलाउनु पर्यो ।
कसले पहुँचका भरमा कसले दबाब दियो ? कसले काम गरेन हामीलाई सूचना दिनुस् । पत्रकार गणेश लम्सालले भने, हामी के का लागि जागिर खाएर काम नगर्ने राजनीतिक पँुहुच देखाउनेका बारेमा हामी लेख्छौ ।
पत्रकार गोकुल पराजुलीले अस्पतालले गरेका राम्रा काम र समस्याका बारेमा पत्रकारसँग अन्तरक्रिया गर्ने काम थालौँ । यसले पत्रकार र अस्पतालका बिचमा रहेको ग्याप कम हुन्छ ।
हामीलाई सूचना चाहिएको छ । पत्रकार राजु अधिकारीले भने, हामीलाई आवश्यक परेका सूचना उपलब्ध गराउने सूचना अधिकारी होइन प्रवक्ताको व्यवस्था गरियोस् । मेडिकलको आफ्नै ट्रमोलोजी हुन्छ । यसैले बिषय विज्ञ डाक्टरलाई प्रवक्ता तोकियोस् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन महासङ्घले समन्वयको काम गर्ने बताए ।
संवाद समूहका सदस्य महेन्द्र मोरङ क्याम्पस विराटनगर समाजशास्त्र विभागका प्रमुख डा चन्द्र तिम्सिनाले अस्पतालको सेवा राम्रो बनाउन संवाद समूहले २ वर्षदेखि सरोकारवालासँग संवाद गरिरहेको बताए ।