बुढानीलकण्ठ स्कुलद्धारा स्कुल क्याप्टेन र हाउस क्याप्टेन छनौट

विराटनगर २३ माघ । विराटनगर २ को बुढानिलकण्ठ स्कुलले स्कुल क्याप्टेन र हाउस क्याप्टेन छनौट गरेको छ ।

शैक्षिक शत्र २०८० का लागि कक्षा ९ का विद्यार्थीहरुबाट स्कुल क्याप्टेन र हाउस क्याप्टेन छनौट गरिएको विद्यालयका प्राचार्य मणिराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार स्कुल क्याप्टेनको छात्र तर्फ समर्पण खनाल र छात्रा तर्फ सिरीन भट्टराई रहेकी छिन् । हाउस तर्फ रेड हाउसका लागि यस जैन र रुवी पन्त, ग्रिन हाउस तर्फ नितिशकुमार मण्डल र सर्वश्री भट्टराई, एल्लो हाउस तर्फ राजाराम कामत र विद्या मण्डल, ब्ल्यु हाउस तर्फ विप्लभ नेपाल र साम्राज्ञी बस्नेत छनौट भएको प्राचार्य भट्टराईले बताउनुभयो ।

छनौट भएका विद्यार्थीहरुलाई आ–आफ्नो हाउसका शिक्षकहरुले सम्वन्धित हाउसको ब्यानर तथा पूर्व हाउस क्याप्टेनहरुले झण्डा प्रदान गरेका थिए । प्राचार्य भट्टराईले छनौट भएका क्याप्टेनहरुलाई खादा ओडाएर सम्मान गर्दै ब्याज तथा पोशाक वितरण गरी सपथ ग्रहण गराउनु भएको थियो । सोही क्रममा, शैक्षिक सत्र २०७९ का मनिटरहरु मध्येबाट उत्कृष्ट मनिटरको सम्मान स्वरुप प्रदान गरिएको मायाको चिनो कक्षा १० ख का मनिटर हेडेन मण्डलले प्राप्त गरेका थिए ।