नेशनल लाईफ इन्स्योरेन्सद्धारा घातक रोग लागेका विमितलाई ५० लाख उपचार खर्च वितरण

विराटनगर १६ वैशाख । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग लागेका एक विमितलाई ५० लाख रुपैयाँ उपचार खर्च वितरण गरेको छ । इन्स्योरेन्स कम्पनीको कोशी प्रदेश कार्यालय इटहरीमा शुक्रबार आयोजित कार्यक्रममा सुनसरी इटहरी ४ का ४१ बर्षीय साईमन राईलाई घातक रोग उपचार खर्च वापत ५० लाख रुपैयाँ उपचार खर्च वितरण गरिएको हो । वैदेशिक रोजगारीको […]

बाल अस्पताललाई काँग्रेस नेता मिनेन्द्र रिजालले गरे ५० लाख सहयोग

विराटनगर १६ वैशाख । झापाको दमकमा सञ्चालनमा आएको किओच बाल अस्पताललाई कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ सहयोग गर्नु भएको छ । डा. रिजालले आफना माता पिताको स्मृतिमा स्थापना गरेको पुन्यश्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको बैकिङ चेक आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । […]

अनिवार्य शिक्षा कार्यान्वयका लागि आवश्यक मापदण्ड निर्माण

विराटनगर, १६ वैशाख । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण एवं कार्यक्रम सञ्चालनको समन्वय गरेको जनाएको छ । केन्द्रद्वारा आज विराटनगमा आयोजित शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु र प्रगति तथा विविध किसिमका शैक्षिक सूचनाहरु सरोकारवालाहरुलाई सुसूचित गर्ने कोशी प्रदेशस्तरीय पत्रकार भेटघाट कार्यक्रम निर्देशक सुरेश जोशीले […]

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन विराटनगर बारको आग्रह

विराटनगर, १६ वैशाख । उच्च अदालत विराटनगर बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ । सर्वाेच्च अदालतमा लामो समयसम्म प्रधानन्यायाधीश नियुक्त हुन नसक्दा न्याय क्षेत्र प्रभावित बनिरहेको बारको ठहर छ । उच्च अदालत विराटनगर बार एशोसिएशनका सचिव विनोदकुमार तिमल्सिनाद्वारा आज जारी गरिएको विज्ञप्तिमा सर्वाेच्चको नेतृत्वविहीनताले समग्र न्यायालय प्रभावित बनिरहेको, न्यायका उपभोक्ताले […]

विराट हेल्थ केयर इन्डष्ट्रिजद्धारा ‘ह्वाइट मुन’ को उत्पादन शुरु

विराटनगर १६ वैशाख । विराट हेल्थ केयर इन्डष्ट्रिज बुढीगंगाले सेनिटरी प्याड को ‘ह्वाइट मुन’ उत्पादन शुरु गरेको छ । इन्डष्ट्रिजले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर विराट हेल्थ केयर इन्डष्ट्रिजले ‘ह्वाइट मुन’ नामक सेनिटरी प्याड उत्पादन गरेर बजारमा ल्याएको जानकारी गराएको हो । काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवसका अवसरमा इन्डष्ट्रिजले ‘ह्वाइट मुन’ को उत्पादन […]