विराटनगर १६ वैशाख । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग लागेका एक विमितलाई ५० लाख रुपैयाँ उपचार खर्च वितरण गरेको छ ।
इन्स्योरेन्स कम्पनीको कोशी प्रदेश कार्यालय इटहरीमा शुक्रबार आयोजित कार्यक्रममा सुनसरी इटहरी ४ का ४१ बर्षीय साईमन राईलाई घातक रोग उपचार खर्च वापत ५० लाख रुपैयाँ उपचार खर्च वितरण गरिएको हो ।
वैदेशिक रोजगारीको सिलशिलामा दुवईमा रहेका समयमा विरामी हुनु भएका राईलाई २०७९ पुसमा घाँटीमा क्यान्सर भएको पुष्टि भएको थियो । नेशनल लाईफ इन्स्योरेन्समा अमृत विमा गर्नु भएका राईले उपचारका लागी कम्पनीमा दावी गर्नु भएको थियो । उहाँको सवै प्रकृया पुरा भएपछि शुक्रबार ५० लाख वितरण गरिएको नेशनल लाईफ इन्स्योरेन्स कोशी प्रदेशका प्रमुख नरेन्द्र राईले जानकारी दिनुभयो ।
उपचार खर्च पाउनु भएका राईले २०७६ कात्तिक २९ मा अमृत बर्षा विमा गर्नु भएको थियो । उहाँको जीवन विमा सुचारु रहने कम्पनीले जनाएको छ ।