सरोज र अंशुलाई हाफ म्याराथुनको उपाधि

विराटनगर ३० असार । सरोज सिंह र अंशु मण्डलले मदन भण्डारी स्मृति माध्यमिक विद्यालय स्तरीय खुला ‘क्यापिटल हाफ म्याराथुन’को उपाधि जितेका छन् । शनिबार विराटनगरमा नेपाल खेलकुद महासंघ मोरङले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ दमक बहुमुखी क्याम्पसका सरोजले १६ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै उपाधि जिते । छात्रातर्फ विराटनगरको आदर्श माविकी अंशुले १८ मिनेट ५० […]

भाषा, संस्कृति र पहिचान राष्ट्रिय एकताको अमुल्य निधि : प्रदेश प्रमुख खापुङ

विराटनगर ३० असार । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले भाषा, संस्कृति र पहिचान राष्ट्रिय एकताको अमुल्य निधि भएको बताउनु भएको छ । उहाँले संस्कृतिको संरक्षण आवश्यक रहेकोमा जोड दिनु भएको छ । विराटनगरमा आज भानु कला केन्द्रले आयोजना गरेको बहुभाषिक कविता वाचन, श्रष्टा सम्मान तथा बहुजातिय समावेशी सांस्कृतिक कार्यक्रममा कोशी प्रदेश प्रमुख खापुङले नेपालमा रहेका […]

कांग्रेस संसदीय दलको नेता परिवर्तनमा निरन्तर प्रयास रहनेछ : महामन्त्री थापा

विराटनगर, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता परिवर्तनमा आफ्नो निरन्तर प्रयास रहने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टीका साथीहरुको साथ र सङख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनमा सार्थक प्रयास हुने स्पष्ट पार्नु भयो । महामन्त्री थापाले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न […]

जीवन धान्न पुग्ने गरी आम्दानीमा वृद्धि गर्न संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको माग

विराटनगर, ३० असार । श्रमिकको पारिश्रमिक तत्काल निर्धारण गर्न संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) कोशी प्रदेशले माग गरेको छ । विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै जीवन धान्न पुग्ने गरी आम्दानीमा वृद्धि नभएसम्म न्यून आय भएका श्रमिकको जीवनस्तर माथि उठ्न नसक्ने समन्वय केन्द्रले जनाएको छ । जेटीयूसीसीका प्रदेश अध्यक्ष किशोर धमलाले श्रमिकहरुको साझा मुद्दा […]

उर्जाशिल समय एमालेमा वित्यो, जिम्मेवारीलाई बाईपास गरिएकोमा असन्तुष्टि हो : खतिवडा

विराटनगर ३० असार । एमाले मोरङको सचिवको जिम्मेवारी त्यागेको झण्डै ७ महिना पछि रुपेश खतिवडाले एमालेमै रहेर सक्रिय राजनीति गर्ने मनस्थिति बनाएका छन् । पार्टी नेतृत्वले आफ्नो मनसायलाई कसरी विश्लेषण गर्छ त्यसको पर्खाइमा उनी छन् । जीवनको उर्जाशिल समय एमालेमै विताएकाले अन्य तर्फ सोच्न नसकिएको उनको निश्कर्ष छ । गत मंसिरमा भएको प्रदेशसभाको निर्वाचनको समयमा […]