कांग्रेसले माग्यो कोशीका मुख्यमन्त्रीको राजीनामा

विराटनगर २४ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ । कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ […]

समयनाकुल सेवामा परिवर्तन गर्न हुलाक सेवालाई सरोकारवालाको सुझाव

विराटनगर २३ जेठ । हुलाक सेवाले समय अनुसार आफ्नो सेवामा परिर्वतन गर्न नसकेको सरोकारवालाहरुले बताएका छन् । मंगलबार विराटनगरमा हुलाक सेवा विभागले मोरङ विराटनगरले आयोजना गरेको द्रुत डाँक सेवा विस्तार र प्रर्बधन सम्बन्धी सरोकारवाहरुसंगको अन्तक्रिया कायक्रमका सहभागिहरुले हुलाक सेवाले निजी कम्पनीहरुले जस्तो छिटो र छरितो सेवा प्रदान गर्न नसकेको आरोप लगाएका छन् । उनीहरुले नेपालमा […]

सवै दलसँग छलफल गर्छु, विश्वास गर्नुभयो भने सरकारको नेतृत्वलाई निरन्तरता दिन्छु : मुख्यमन्त्री कार्की

विराटनगर २३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा रहेका सवैदलहरुसाग छलफल गरेर अघि बढ्ने बताउनु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले सवैदलसँग छलफल गरेर अघि बढ्ने बताउनु भएको हो । प्रदेशसभामा रहेका राजनीतिक दलले विश्वास गरे सरकारलाई निरन्तरता दिने पनि […]

कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीद्धारा राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

विराटनगर २३ जेठ । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को मंगलबार बसेको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको थियो । सो बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि […]

कोशी प्रदेश : मानव बेचविखनको घटना बढ्दै, सीमा क्षेत्रमा निगरानी बढाउन सुझाव

विराटनगर २३ जेठ । कोशी प्रदेशमा मानव बेचविखनका घटनाहरु बर्षेनी बढ्दो क्रममा रहेको छ । पछिल्ला दुई आर्थिक वर्षर्ला अध्ययन गर्दा घटना बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७६-०७७ मा कोशी प्रदेशमा मानव बेचबिखन सम्बन्धी २२ वटा जाहेरीमा ३३ जना महिला मानव बेचबिखन तथा ओसारपसारबाट पीडित रहेको देखिएको छ । ३३ जना महिलामा १५ […]