विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा सिग्देल निर्वाचित

विराटनगर ३१ चैत । विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा यूवा व्यवसायी सन्जीव सिग्देल निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का उम्मेदवारलाई २६ मतान्तरले पराजित गर्दै अध्यक्षमा सिग्देल निर्वाचित हुनु भएको हो । उहाँले १२५ मत प्राप्त गर्नु भयो । उहाँका निकटतम् प्रतिष्पर्धी नरबहादुर भण्डारीले ९९ मत प्राप्त गर्नु भएको थियो । विराटनगरमा शनिबार सम्पन्न निर्वाचनको […]

कोशी प्रदेश सरकारद्धारा पर्यटकीय सवारी साधनमा स्टिकर टाँस्न सुरु

विराटनगर २९ चैत । कोशी प्रदेश सरकारले सिमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु गरेको छ। आज जोगबनी नाकाबाट स्टिकर टाँस्न सुरु गरिएको हो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरुवात गर्नुभएको हो। आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र […]

नीति कार्यक्रम एकातिर र बजेट अर्काेतिर हुने प्रवृत्तिलाई अन्त्य गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर २९ चैत । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको तयारी प्रारम्भ गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशका सचिवहरुलाई नीति कार्यक्रमका प्राथमिकता र बजेटका बारेमा निर्देशन दिनुभएको छ । सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नीति र कार्यक्रम राम्रो र प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले ल्याउने नीति […]

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशलाई उत्कृष्ट शाखा सम्मान

विराटनगर २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशलाई आज उत्कृष्ट प्रदेश शाखाबाट सम्मानित गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघको ५९ औ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ का अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीलाई उत्कृष्ट प्रदेश शाखाको रुपमा सम्मान गरिएको महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी […]

पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुग्ने : उपप्रधानमन्त्री सिंह

विराटनगर २७ चैत। नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्‍याउने बताउनुभएको छ । आज तेह्रथुमको तिनजुरे मिल्केमा कोशी पर्यटन वर्ष २०८२ उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पर्यटनको माध्यमबाट कोशी प्रदेशले समृद्धि र विकास क्षेत्रमा प्रशंसनीय काम रहेको बताउनुभयो। कोशी प्रदेशमा पर्यटनको प्रचुर […]