विराटनगर २८ माघ । मोरङको ग्रामथान गाउँपालिका वडा नं. २ झोराहाटमा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले सोमबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए भने ४३ प्रिन्ट रगत संकलन भएको थियो […]
विराटनगर २७ माघ । मोरङको सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माणका लागि विराट एक्स्पो आयोजना गरिने भएको छ । सुन्दरहरैचा उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ३० देखि फागुन १० गते सम्म विराट एक्स्पोको चौथो संस्करण आयोजना गर्न लागिएको एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो । एक्स्पोको आन्तरिक तयारी पुरा भएको तथा फिल्ड निर्माण कार्य अन्तिम चरणमा […]
विराटनगर २७ माघ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा २५ प्रतिशत बजेट खर्च गरेको छ । संघीय सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार बजेट खर्च गर्ने प्रदेश सरकारहरु मध्ये कोशी प्रदेश उत्कृष्ट देखिएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा समग्र प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएपनि प्रदेशगत रुपमा कोशी […]
विराटनगर, २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ औद्योगिक नीतिले नेपाललाई नयाँ युगमा प्रवेश गराउन मद्दत गर्ने बताउनुभएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘औद्योगिक नीति २०८१ को मस्यौदा उपर सरोकारवालाहरुबीच अन्तरक्रिया’ कार्यक्रमको उद्धाटन गर्दै उहाँले स्वदेशी कच्चा पदार्थलाई बढावा दिन औद्योगिक नीति आवश्यक रहेको कुरामा जोड दिनुभयो । […]
विराटनगर २३ माघ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजना बीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रर्वद्धनका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले हस्ताक्षर गर्नु भएको छ । समझदारी पत्रमा हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ […]