
विराटनगर २७ माघ । मोरङको सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माणका लागि विराट एक्स्पो आयोजना गरिने भएको छ । सुन्दरहरैचा उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ३० देखि फागुन १० गते सम्म विराट एक्स्पोको चौथो संस्करण आयोजना गर्न लागिएको एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो ।
एक्स्पोको आन्तरिक तयारी पुरा भएको तथा फिल्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक्स्पोको आम्दानीबाट सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माण गरिने संयोजक दुलालले बताउनुभयो । यसअघि ०६६, ०७३ र ०७६ मा आयोजना गरिएको एक्स्पोबाट भएको आम्दानीले २ वटा सार्वजनिक शौचालय निर्माण सम्पन्न भई सञ्चालनमा रहेको, २ वटा निर्माणको अन्तिम चरणमा रहेको र अन्य ४ वटा निर्माणका लागि एक्स्पो आयोजना गरिएको संयोजक दुलालले बताउनुभयो । उहाँले भन्नुभयो,‘ एक्स्पो आयोजनाबाट भएको वचत रकम सार्वजनिक शौचालय निर्माण कार्यका लागि हस्तान्तरण गरिने छ ।’ शौचालयको व्यवस्थापन सुन्दरहरैचा उद्योग वाणिज्य संघले गर्ने उहाँले बताउनुभयो ।
हाल सञ्चालनमा रहेको शौचालय नमूना शौचालयका रुपमा सञ्चालित रहेको दुलालको भनाई छ । सुन्दरहरैचा औद्योगिक प्रर्दशनी केन्द्र, विराटचोकमा हुने एक्स्पोमा १९४ वटा स्टल हुने सुन्दरहैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । आज एक्स्पो आयोजना स्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बिजनेसका ११४, एग्रीकल्चरका ४०, अटोमोवाइलका १५ र होटका १६ वटा स्टल रहने बताउनुभयो ।
कृषि, उद्योग तथा पर्यटन लगायतका आर्थिक एवं औद्योगिक कृयाकलापको अभिबृद्धि गर्ने र नविनतम ज्ञान तथा नवप्रवर्धनको खोजी गरि दिगो स्वरोजगारी सृजना गर्ने एक्स्पोको उद्देश्य रहेको अध्यक्ष कार्कीले बताउनुभयो । एक्स्पो अवधिभरमा विभिन्न विषयहरुमा अन्र्तक्रियाहरु गरिने भएको छ ।
विशेषगरि बाल स्वास्थ्य स्याहार, स्वास्थ्यका लागि खाना, कोशी पर्यटन वर्ष २०८२ को सन्र्दभमा पर्यटनको पुर्नविचार : कोशी प्रदेशमा स्थानीय संलग्नताको प्रर्बद्धन, एआई, स्टार्टअप, साईवर सुरक्षाका विषयमा छलफल तथा बहस पैरवी गरिने अध्यक्ष कार्कीले बताउनुभयो ।