नेरूडे मिर्मिरे लघुवित्तको त्रैमासिक समीक्षा

विराटनगर १३ कात्तिक । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा कोशी प्रदेश कार्यालय अन्र्तगत रहेका ६७ वटा शाखा कार्यालयहरुको आ.व.२०८२-८३ को प्रथम त्रैमासिकको प्रगती समिक्षा, कार्यदिशा तथा प्रशिक्षण गोष्ठी विराटनगरमा सम्पन्न भएको छ । कात्तिक ११ र १२ गते संचालन भएको उक्त कार्यक्रममा संस्थाको यस आ.व. को प्रथम त्रैमासिकको समिक्षा गरी लक्ष्य अनुसारको उपलब्धि, चुुनौती र आगामी […]

तिम्सिनाकाे १४ औं पुस्तक नेपालको बैङ्किङ इतिहास बजारमा

विराटनगर १० कात्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ । माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन् । यस पुस्तककमा […]

लक्ष्मीपूजामा १६५० मेगावाट बिजुली खपत

विराटनगर ४ असोज । लक्ष्मीपूजा अर्थात सोमबार साँझ देशभर १६५० मेगावाट बिजुली खपत भएको छ । जुन अन्य दिनको तुलनामा उच्च रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १६५० मेगावाट पुगेको जनाएको छ । ‘ बिजुलीको राष्ट्रिय उच्च माग १६ सय ५० मेगावाट थियो,’ प्राधिकरणका प्रवक्ता राजन […]

चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

विराटनगर २७ असोज । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोका गर्न निर्णय गरिएको बताउनुभयो। गत […]

जिल्ला प्रशासन कार्यालयलाई व्यापार संघद्वारा गाडी सहयोग

विराटनगर १२ असोज । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एउटा चार पाङ्ग्रे गाडी र जिल्ला प्रहरी कार्यालय मोरङलाई एउटा मोटरसाइकल सहयोग गरेको छ । जेनजी आन्दोलनका क्रममा भदौं २४ गते आगजनी हुँदा जिल्ला प्रशासन कार्यालय मोरङका सवारी साधन र अन्य सामग्री जलेर ध्वस्त भएको थियो । कार्यालय सञ्चालनमा सहजताका लागि आइतबार मोरङ […]