क्रिस्टल माला तथा पाेते बनाउने तालिम सम्पन्न

विराटनगर ४ वैशाख । क्रिस्टल माला तथा पाेते बनाउने १२ दिने तालिम सम्पन्न भएकाे छ । विराटनगर महानगरपालिकाे सहयाेगमा न्युपाथिभरा ढाका व्याग उद्योग तथा प्रशिक्षण केन्द्र विराटनगर ५ आयोजनामा भएकाे तालिम २० जना महिलाको सहभागिता रहेकाे थियाे । चैत २१ देखि शुरू भएकाे १२ दिने तालिमका सहभागीलाई क्रिस्टल माला तथा पाेते बनाउने व्यवसायिक सीप दिइएकाे […]

कोशी प्रदेश लगानी सम्मेलन : एक खर्ब ३९ अर्बका ५४ परियोजना भित्रिने

विराटनगर ३ वैशाख । कोशी प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । लगानी सम्मेलन यहि वैशाख १८ र १९ गते विराटनगरमा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विराटनगरमा हुने लगानी सम्मेलनमा पर्यटन, उद्योग, सूचना प्रविधि, कृषि, जलविद्युत,पूर्वाधार निर्माण लगायत आठ क्षेत्रका ५४ योजनामा स्वदेशी, […]

विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा सिग्देल निर्वाचित

विराटनगर ३१ चैत । विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा यूवा व्यवसायी सन्जीव सिग्देल निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का उम्मेदवारलाई २६ मतान्तरले पराजित गर्दै अध्यक्षमा सिग्देल निर्वाचित हुनु भएको हो । उहाँले १२५ मत प्राप्त गर्नु भयो । उहाँका निकटतम् प्रतिष्पर्धी नरबहादुर भण्डारीले ९९ मत प्राप्त गर्नु भएको थियो । विराटनगरमा शनिबार सम्पन्न निर्वाचनको […]

कोशी प्रदेश सरकारद्धारा पर्यटकीय सवारी साधनमा स्टिकर टाँस्न सुरु

विराटनगर २९ चैत । कोशी प्रदेश सरकारले सिमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु गरेको छ। आज जोगबनी नाकाबाट स्टिकर टाँस्न सुरु गरिएको हो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरुवात गर्नुभएको हो। आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र […]

नीति कार्यक्रम एकातिर र बजेट अर्काेतिर हुने प्रवृत्तिलाई अन्त्य गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर २९ चैत । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको तयारी प्रारम्भ गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशका सचिवहरुलाई नीति कार्यक्रमका प्राथमिकता र बजेटका बारेमा निर्देशन दिनुभएको छ । सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नीति र कार्यक्रम राम्रो र प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले ल्याउने नीति […]