मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार

विराटनगर ९ पुस । मोरङको जहदामा मर्निङवाकमा गएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका नजिकैको कटहरी गाउँपालिकामा उक्त घटना भएको प्रहरीले जनाएको छ । युवतीलाई बाँसको झ्याङमा लगेर हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर सामूहिक बलात्कार गरिएको पीडितको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । अर्धचेत अवस्थामा भेटिएकी उनको विराटनगरस्थित […]

रविमाथि सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो दाबी

विराटनगर ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार दायर गरेको मुद्दामा सहकारीतर्फ सो रकम बिगो दाबी गरिएको हो । उनीमाथि सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरणतर्फ भने […]

सहकारी ठगी प्रकरण : लामिछाने सहित ५१ जनालाई मुद्धा चलाउन सिफारिस

विराटनगर २ पुस । प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणको बचत अपचलनमा अन्य ५० जनालाई जस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि मुद्दा चलाउने सिफारिससहित प्रतिवेदन बुझाएको छ । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र […]

मोरङको बुढीगंगाबाट एक बाल श्रमिकको उद्धार

विराटनगर ५ मंसिर । मोरङको बुढीगंगाबाट एक बालश्रमिकको उद्धार गरिएको छ । बुढीगंगा १ मा सञ्चालित एक होटलमा १६ वर्षिया बालिकालाई श्रममा लगाई अवैध गतिविधि गरेको सूचनाका आधारमा मंगलबार राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेश, बुढिगंगा गाउँपालिका स्थानीय बालअधिकार समिति, ईलाका प्रहरी कार्यालय नेमुवा, बालहेल्पलाईन सेवा १०९८ ले बालिकाको संयुक्त […]

पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा रहने

विराटनगर ४ मंसिर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहनु हुने भएको छ । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका अधिकारीलाई हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आज जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको […]