जबरजस्ती करणीका आरोपी पूर्वमेयर ५ महिनादेखि अस्पतालमै

विराटनगर २५ वैशाख । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएका विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी ५ महिनादेखि अस्पतालमै छन् । आफ्नै घरमा घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका थिए । जिल्ला कारागार झापाका जेलर रेवन्त भट्टराई भने अदालतले समेत स्वास्थ्यलाई […]

आत्महत्या नियन्त्रणका लागि सचेतना आवश्यक

विराटनगर १४ वैशाख । मानसिक रोगका कारण हुने आत्महत्या नियन्त्रणका लागि परिवार, समाजमा सचेतना आवश्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र धनकुटा वहुमुखी क्याम्पस धनकुटाद्वारा आज विराटनगरमा आयोजित आत्महत्या, लागु औषधि दुव्र्यसन तथा मानव वेचविखन नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा सहभागीहरुले मानसिक रोगका हुने आत्महत्या नियन्त्रणका लागि व्यक्तिलाई […]

विषादी सेवन गरेका पुरुषको मृत्युपछि विराटनगरको नोबेल अस्पतालमा तोडफोड

विराटनगर, १२ वैशाख । झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका पुरुषको मृत्यु भएपछि विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज (शुक्रबार) बिहानका राति हुलदंगा एवं तोडफोड भएको छ । विष सेवन गरेर अवस्था गम्भीर बनेका मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको मृत्यु भएपछि अस्पतालको अवस्था असामान्य बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन ‘हेर्न नमिल्ने’

विराटनगर ८ वैशाख । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने भएको छ । न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्ने भएको हो । सर्वाेच्च अदालतले मंगलबारका लागि निवेदनको पेशी तोकिसकेको छ । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेलाई गैरकानुनी थुनामा राखेको दाबी […]

राजावादीको प्रदर्शन : दुई जनाको मृत्यु, हिंसात्मक तोडफोड, आगजनी र अपराधिक घटना

विराटनगर १६ चैत । राजावादीले शुक्रबार गरेको प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड गरेका छन् । कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट उल्लेख्य मात्रामा लुटपाट भएको प्रहरीले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकद्वारा काठमाडौंको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने […]