
विराटनगर २५ वैशाख । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएका विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी ५ महिनादेखि अस्पतालमै छन् ।
आफ्नै घरमा घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका थिए ।
जिल्ला कारागार झापाका जेलर रेवन्त भट्टराई भने अदालतले समेत स्वास्थ्यलाई कारण देखाउँदै उपचारको प्रबन्ध गर्न आदेश दिएकाले उपचारका लागि पठाइएको बताए ।
पीडित किशोरीको परिवारले भने जबरजस्ती करणी जस्तो गम्भीर मुद्दामा पनि यत्तिका समयसम्म आरोपित अस्पतालमै बसिरहँदा आफूहरूलाई असुरक्षा भएको बताएको छ ।
पीडित किशोरीको परिवारले भने जबरजस्ती करणी जस्तो गम्भीर मुद्दामा पनि यत्तिका समयसम्म आरोपित अस्पतालमै बसिरहँदा आफूहरूलाई असुरक्षा भएको बताएको छ ।
शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।