प्रदेश राजधानी विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

विराटनगर ३ वैशाख । कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आज भएको विशेष समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर […]

उपप्रमुख कार्कीलाई कोरोना संक्रमण

विराटनगर ३ वैशाख । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीलाई कोरोना संक्रमण भएको छ । आज गरिएको एन्टिजेन परिक्षणका क्रममा उहाँलाई संक्रमण देखिएको हो । उपप्रमुख कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । सचिवालय श्रोतले भन्यो,‘ होम आईसोलेसनमा रहनु भएको छ । स्वास्थ्य अवस्था सामान्य छ ।’ कोरोना संक्रमण देखिएपछि उपप्रमुख कार्कीले […]

सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर ३० चैत । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रंगशालामा पुगेर समापन भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै […]

कोशी अस्पतालमा मृर्गाैला प्रत्यारोपण सेवा शुरु हुने

विराटनगर २९ चैत । कोशी अस्पताल विराटनगरमा मृर्गाैला प्रत्यारोपण सेवा शुरु हुने भएको छ । सेवा सञ्चालनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगरवीच मंगलबार सम्झौता भएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिनुभयो । कलेजो र मृगौला प्रत्यारोपण नेपालमा शुरु भईसकेको भएता […]

‘सुरक्षित गर्भपतन अपराध होइन अधिकार हो’

विराटनगर, २८ चैत । सुरक्षित गर्भपतन अपराध होइन अधिकार भएको आज विराटनगरमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीन दिने सुरक्षित गर्भपतन सम्वन्धी मूल्य मान्यता र व्यवहार रुपान्तरण सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी सो विचार राख्नु भएको हो । प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल एव […]