विराटनगर ८ बलुवाहीमा मलामी विश्रामालय निर्माण हुने

विराटनगर ७ फागुन । विराटनगर महानगरपालिका वडा नं. ८ को बलुवाही पूर्वमा रहेको सिंघीया घाटमा मलामी विश्रामालय निर्माण गरिने भएको छ । मलामी विश्रामालयको आज विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । वडाको ५ लाख र महानगरको ३ लाख गरि ८ लाख रुपैयाँको लागतमा आगामी २ महिना भित्रमा […]

कोशी विचार उत्सवको तयारी तीव्र

विराटनगर ६ फागुन । कोशी विचार उत्सव २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने उत्सवमा राजनीति, अर्थतन्त्र, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, पर्यटन, पर्यावरण र कृषि लगायतका विषयमा गहन विचार–विमर्श हुने आयोजक वीणा फाउन्डेसनले जनाएको छ । फागुन १५, १६ र १७ गते आयोजना हुने उत्सवमा वर्तमान राजनीतिक […]

कोशी एक्सिलेन्स अवार्डको तयारी पुरा

इटहरी ६ फागुन । कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो । भोलि बुधवार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा दिउँसो ३ बजे कार्यक्रम आयोजना गर्ने गरी तयारी पूरा भएको […]

अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति कार्यान्वयनमा जोड

विराटनगर ४ फागुन । अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति कार्यान्वयनमा सरोकारवालाहरुले जोड दिएका छन् । बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालको आयोजनामा आज विराटनगरमा अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०८० सार्वजनिक कार्यक्रममा अपाङ्गता भएका व्यक्ति सम्बन्धी नीतिहरु बनेपनि कार्यान्वयन पक्ष कमजोर रहेको बताएका थिए । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले राष्ट्रिय नीति […]

भूमि समस्या समाधान आयोग कोशी प्रदेश कार्यालयको उद्घाटन

विराटनगर ४ फागुन । भूमि समस्या समाधान आयोग कोशी प्रदेश कार्यालयको आज उद्घाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय परिसरमा आयोगको प्रादेशिक कार्यालयको उद्घाटन गरिएको हो । कार्यालयको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा आयोगका कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईले तीन वर्ष भित्रमा सुकुम्वासी समस्या समाधान गर्ने […]