संसद अवरोध छिट्टै हट्छ : मन्त्री गुरुङ

विराटनगर २३ जेठ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभामा हाल देखिएको अवरोध छिट्टै हट्ने बताउनु भएको छ । विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन, शिक्षा ऐन जारी हुने जानकारी दिनुभयो । उहाँले कर्मचारीले गरेको गल्तिका विषयमा विभागीय मन्त्रीले राजिनामा दिनु विषय उठाउनु वैज्ञानिक […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अदालतको विषय: महामन्त्री थापा

विराटनगर २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री माधवकुमर नेपाल माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अदालतका विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले पूर्वप्रधानमन्त्री नेपाल माथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरोस् भत्रुभयो । उहाँले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो […]

विराटनगरमा आजदेखि उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन शुरु हुँदै

विराटनगर २२ जेठ । विराटनगरमा आजदेखि उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन शुरु हुँदैछ । विराटनगर महानगरपालिकाको आयोजनामा आज र भोलि दुई दिने राष्ट्रिय सम्मेलन हुने भएको हो । सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी कूल २९१ […]

फोकस नेपालद्धारा महिला समितिलाई मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम

विराटनगर २२ जेठ । सामुदायिक ऐक्युबद्धता मञ्च (फोकस नेपाल) ले विराटनगर महानगरपालिका अन्र्तगतका महिला समितिकालाई मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकासँगको सहकार्यमा फोकस नेपालले बुधबार र विहीबार विराटनगरमा मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । पहिलो दिन विराटनगर वडा नं. १ देखि १० सम्मका महिला समितिका सदस्यहरुको सहभागिता रहेको थियो […]

अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचानका लागि ८८ जना छनौट

विराटनगर २२ जेठ । अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान कार्यक्रमका लागि ८८ जना सहभागी छनौट भएका छन् । कोशी प्रदेशका १४ जिल्लाबाट कार्यक्रमका लागि आवेदन दिएका २१४ मध्ये ८८ जनालाई छनौट गरिएको आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले जनाएको छ । राष्ट्रिय अपाङ्ग महासंघ कोशीले कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, […]