हिसान मोरङको अध्यक्षमा अमित ढकाल

विराटनगर, २१ जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा अमित ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ । विराटनगरमा गएराती सम्पन्न भएको छैटौ जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो । ढकाल यसअघि हिसान मोरङको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । हिसान मोरङको वरिष्ठ उपाध्यक्षमा टि.एन. तिम्सिना, उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, डा. […]

विराटनगर कार्यपालिकामा सत्तागठबन्धन पराजित, एमाले–स्वतन्त्र विजयी

विराटनगर, २१ जेठ । विराटनगर महानगरपालिकाको शनिबार सम्पन्न कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । ९७ मतदाता सदस्य मध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका छन् । कार्यपालिकामा अल्पसंख्यक तर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र […]

बुढीगंगा कार्यपालिकामा एकल बहुमत भएको कांग्रेस पराजित

विराटनगर, १९ जेठ । स्थानीय तहको निर्वाचनमा एकल बहुमत जितेको नेपाली काँग्रेस आन्तरिक विवादको कारण मोरङको बुढीगंगा गाउँकार्यपालिका निर्वाचनमा पराजित भएको छ । गाउँपालिकाका निर्वाचित भएका ३७ जनप्रतिनिधिमध्ये अध्यक्ष, उपाध्यक्ष, ५ वडाध्यक्षसहित २२ जना काँग्रेसबाट निर्वाचित भएका थिए । यस्तै नेकपा एमालेबाट १ वडाध्यक्षससहित १० जना र माओवादी केन्द्रबाट १ वडाध्यक्षसहित ५ जना निर्वाचित भएका […]

विराटनगरको विकासमा सहयोगी बन्न लायन्सलाई मेयरको आग्रह

विराटनगर, १९ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सामाजिक कार्य गर्दै आएको लायन्स क्लबलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासका लागि सहयोग गर्न लायन्स क्लबलाई आग्रह गर्नुभएको हो । विराटनगरको […]

मोरङका पालिका प्रमुख र सुरक्षा प्रमुखबीच छलफल

विराटनगर, १९ जेठ । मोरङका नवनिर्वाचित पालिकाका प्रमुख र सुरक्षा निकायका प्रमुखबीच शान्ति सुरक्षा लगायत समसामयिक विषयमा छलफल एवम् अन्तरक्रिया सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षता र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय मोरङमा पहिलो पटक अन्तरक्रियाको आयोजना गरिएको हो । कार्यक्रममा मोरङका १७ मध्ये १४ वटा […]