विराटनगर, १९ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सामाजिक कार्य गर्दै आएको लायन्स क्लबलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासका लागि सहयोग गर्न लायन्स क्लबलाई आग्रह गर्नुभएको हो । विराटनगरको विकासमा सामाजिक संघसंस्थासँगै निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गर्दै विकास लागि महानगरसित हातेमालो गर्न प्रमुख कोइरालाले आग्रह गर्नुभयोे । त्यस्तै उपप्रमुख शिल्पा निराला कार्कीले लायन्सले विभिन्न सामाजिक कार्य गर्दै आएकोमा प्रशंसा गर्नुभयो । उहाँले विराटनगरलाई हरियाली र सुन्दर बनाउन लायन्स क्लबजस्ता सामाजिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा क्लबका निवर्तमान काउन्सिल चियर पर्सन राजन खत्रीले लायन्स क्लबले विगतदेखि नै सामाजिक कार्य गर्दै आएकाले महानगरसित सहकार्य गरेर विराटनगरको विकासमा केन्द्रित हुन तयार रहेको जानकारी दिनुभयो ।
लायन्स क्बलका पूर्व डिष्ट्रिक गभर्र्नर लीला ढुंगेलले पनि महानगरसित साझेदारी गरेर विराटनगरको विकासमा लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीका द्वितीय भाइस गभर्नर विकास अधिकारी, क्लबकी एरिया प्रमुख अनुजा कोइराला, प्रशिक्षण विभाग प्रमुख डा. सन्देश दास श्रेष्ठलगायतले महानगरको विकासको यात्रामा हातेमालो गर्न तयार रहेको बताउनुभयो ।