विराटनगर, २८ पुस । प्रदेश १ को सभामुखमा नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम निर्विरोध निर्वाचित हुनु भएको छ । ओखलढुंगाको ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित ५० वर्षीय गौतम प्रदेशको दोस्रो सभामुख बन्नु भएको हो । सभामुखको मनोनयनका क्रममा गत मंगलबार सत्तारुढ गठबन्धनका तर्फबाट उहाँको मात्रै उम्मेदवारी परेको थियो । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले […]
विराटनगर २७ पुस । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङको अध्यक्षमा दिपक दाहाल सर्वसम्मत चयन हुनु भएको छ । विराटनगरमा आज भएको सहकारीको ११ औँ साधारणसभाबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । समितिको उपाध्यक्षमा महाप्रसाद खतिवडा, सचिवमा विजयहरि खतिवडा र कोषाध्यक्षमा चिना थापा चयन भएका छन् । यसैगरी, सदस्यमा बाबुराम भण्डारी, शान्ति दाहाल, […]
विराटनगर २७ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुस २९ गते विश्वासको मत लिने हुनु भएको छ । पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले नेपालको संविधान धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम पुस २९ गते विहान ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि प्रदेशसभामा सुचना दिनु […]
विराटनगर २७ पुस । करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ । चालु आर्थिक वर्षको पुस २४ गतेसम्म १ अर्ब २ करोड ५ लाख ५८ हजार २ सय ८५ रुपैयाँ मात्रै यथार्थ आय भएको […]
विराटनगर २६ पुस । नेपाल ग्रामीण सामुदायिक सेवा केन्द्र कटहरी–६ थलाहाले सरस्वती आधारभूत विद्यालयका एक सय भन्दा बढी बालबालिकाहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ । कटहरी–६ स्थिति सरस्वती आधारभूत विद्यालयमा पुगेर संस्थाका अध्यक्ष पदमकुमार सरदारको नेतृत्वमा गएको टोलिले आज बालबालिकाहरुलाई कपडा वितरण गरेको हो । बाल बालिकाहरुलाई लक्षित गरेर सुईटर,टोपीलगायत जाडोको न्यानो कपडा वितरण […]