विराटनगर १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउनु भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयार गरी मेडिकल […]
विराटनगर १४ वैशाख । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा विराटनगरको अग्रणी शैक्षिक संस्था शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । कलेजमा शुक्रवार आयोजित सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की सह–प्राज्ञ डा.इन्द्रमणि भगतले सहभागीहरुको प्रस्तुतिकरणले वातावरण प्रदूषणका विश्वव्यापीखास मुद्दाहरुको चर्चा गरेको बताउनुभयो । उहाँले नेपाल पनि जलवायुको […]
विराटनगर १४ वैशाख । कोशी प्रदेशका उद्योग , कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले मुलुकमा समृद्धि ल्याउन कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा आज यहाँ आयाजित दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई आयोजित अभिमुखीकरणको गोष्ठीको उद्घाटन गर्दै उहाँले कृषि […]
विराटनगर, १४ वैशाख । रास्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । साधरणसभाले संघको उपाध्यक्षमा दिनेश पौडेल, मुक्ति बाबु रेग्मीलाई चयन गरेको छ । सचिवमा द्वारिका रेग्मी, सहसचिव राजिव गौतम र […]
काठमाडौं १३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा […]