एनबीएससी ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर २ वैशाख । प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो । एनबीएससीले लगातार तेस्रो जित निकाल्दै सुमह ‘ख’ मा ६ अंकसहित शीर्षस्थानमा रहेको छ । आइतबार हुने फाइनलमा उपाधिको लागि विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ । […]

उपप्रमुख कार्कीद्धारा नयाँ बर्षको शुभकामना

विराटनगर १ वैशाख । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नयाँ बर्ष २०८० को शुभकामना दिनु भएको छ । नयाँ वर्ष २०८० को सुखद अवसरमा सम्पूर्ण विराटनगर महानगरबासी, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा सुख, शान्ति र सम्वृद्धिको कामना व्यक्त गर्दै उमंग, उत्साह, विकास प्रगति, सदभाव, स्वस्थता र मायाले नयाँ वर्ष […]

नयाँ बर्ष प्रदेशको विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षका रुपमा अंकित हुनेछ : मुख्यमन्त्री कार्की

विराटनगर १ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँवर्ष २०८० कोशी प्रदेशको विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षका रुपमा अंकितहुने विश्वास लिनु भएको छ । नयाँ बर्षको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग र योगदान पुर्याउँदै विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानमा सहभागीहुन आग्रह समेत गर्नु भएको […]

आजदेखि २०८० साल सुरु

विराटनगर १ वैशाख । नयाँ वर्ष २०८० साल आजदेखि सुरु भएको छ । नयाँ वर्षको अवसरमा आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति […]

सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर ३० चैत । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रंगशालामा पुगेर समापन भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै […]