सौन्दर्यकर्मीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

विराटनगर ९ कात्तिक । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशले दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी चाडपर्व लक्षित शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी अध्यक्ष कला डाँगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले नेपालीहरुको चाडपर्वले सामाजिक सदभाव कायम गरेर अगाडी बढने बताउनुभयो । उहाँले महिलाहरुको स्तर उन्नती र क्षमता अभिवृद्धी गर्दै स्वरोजगार बनाउन महानगरपालिका लागि परेको बताउनुभयो ।

कार्यक्रममा जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले नेपालीहरुलेको चाडपर्वले भाइचार कायम गरेर अगाडी बढने बताउनुभयो । योगदानमा आधरित सामाजिक सुरक्षा कोष तीन तहको सरकारले कार्यन्वयन गरेर अगाडी लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी अध्यक्ष कला डाँगीले चाडपर्वहरुले नेपाली समाजलाई समुन्नत बनाउन, सामाजिक सहिष्णुता र सदभाव कायम गर्न ठूलो सहयोग मिल्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी कोषाध्यक्ष अमिता पोखरेलले संचालन गरेको कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरकी अध्यक्ष भली सुब्बा, टे«ड युनियन नेपालका केन्द्रीय उपाध्यक्ष मनोज मगरलगायतले बोलेका थिए ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी उपमहासचिब ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङ्ग, नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य शान्त जोशी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी सदस्य सुशिला पाठकलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ब्यूटिसियन र अतिथिहरुले गीत र नृत्य प्रस्तुत गरी रमाइलो गरेका थिए ।