विराटनगरमा भोलिदेखि राष्ट्रिय क्रिकेट, उद्घाटन खेलमा कोशी र मधेश भिड्ने

विराटनगर ९ कात्तिक । विराटनगरमा भोलिदेखि राष्ट्रिय क्रिकेट प्रतितियोगिता शुरु हुँदैछ । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

आगामी कात्तिक २१ गतेसम्म गिरीजाप्रसाद कोइराला क्रिकेट मैदान वैजनाथपुर र मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता हुने कोशी प्रदेश क्रिकेट संघका सचिव टीकाराम पुरीले जानकारी दिनुभयो । उहाँका अनुशार यो प्रतियोगिता यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको रुपमा आयोजना गरिएको हो ।

प्रतियोगितामा ७ वटा प्रदेशको सहभागिता रहने र सिंगल राउन्ड रोविन फरम्याटमा हुने उहाँले बताउनुभयो । भोलीको उद्घाटन खेल आयोजक कोशी प्रदेश र मधेश प्रदेशवीच गिरीजाप्रसाद कोइराला क्रिकेट मैदान वैजनाथपुरमा विहान ९ वजे शुरु हुने कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेताले २ लाख, उपविजेताले १ लाख, बेष्ट बलर र बेष्ट ब्याटरले २०/२० हजार, प्लेयर अफ द म्याचले ३ हजार, प्लयर अफ द सिरिजलेले ३५ हजार, ट्रफी र मेडल प्राप्त गर्ने क्रिकेट एशोसिएसन नेपाल क्यानका प्रतिनिधि प्रवल गौतमले जानकारी दिनुभयो । उहाँका अनुशार प्रतियोगिता क्यानको बार्षिक कार्यक्रम अनुशार आयोजना गरिएको हो ।