राप्रपा समानुपातिकमा पहिलो हुन्छ : पौडेल

विराटनगर २८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्धव पौडेलले समानुपातिकमा राप्रपा पहिलो पार्टी बन्ने दावी गर्नु भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले राप्रपा आगामी संसदमा निर्णायक र हस्तक्षेपकारी शक्तिका रुपमा आउने दावी गर्नुभयो । प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार तथा राप्रपा कार्यसम्पादन समितिका सदस्य समेत रहनुभएका पौडेलले प्रत्यक्षमा २० सिट जित्ने दावी […]

महानगरको प्रतीक चिन्ह (लोगो) बनाउनेलाई एक लाख पुरस्कार

विराटनगर, २८ कात्तिक । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा कात्तिक ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मंसिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई […]

१२ सयलाई लैगिंक हिंसा विरुद्धको सचेतनामुलक अभिमुखीकरण

विराटनगर, २८ कात्तिक । हेल्प ग्रुप नेपालले १२ दिनमा एक हजार दुईसयलाई लैगिंक हिंसा विरुद्धको सचेतनामुलक अभिमुखीकरण गरेको छ । विराटनगर महानगरपालिकाको सहयोगमा हेल्प ग्रुपले आयोजना गरेको अभिमुखीकरणमा विराटनगरका ६ वटा वडाका महिला तथा विद्यार्थीको सहभागिता रहेको थियो । कात्तिक १६ गतेदेखि कात्तिक २८ गतेसम्म विराटनगर वडा नं. ५, ६, ७, ९, ११ र १२ […]

विराटनगर महानगरद्वारा डेंगु नियन्त्रण अभियान तीव्र

विराटनगर, २८ कात्तिक । विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्रता दिएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले स्प्रे गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिको उपस्थितिमा वडा नम्बर ४ बाट स्प्रे गर्न सुरु गरिएको थियो । मेयर नागेश कोइरालाको […]

मेरो कामले जनताको मन जितेको छ : जीवन घिमिरे

जीवन घिमिरे । ०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट उनको राजनीतिक यात्रा शुरु भयो । ०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरतरुपमा राजनीतिमा रहेका घिमिरे अहिले एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा छन् । घिमिरे ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचित भए । ०७४ फागुनमा शेरधन राई नेतृत्वको […]