वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्छ : कोइराला

विराटनगर १४ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताउनुभएको छ । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले वडा तहदेखि नै सुशासन दिन सकेमात्रै जनताले संघीयताको महसुस गर्ने बताउनुभयो । उहाँले स्थानीय तहका […]

विराटनगर ८ द्धारा डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरु

विराटनगर १४ साउन । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत वडा कार्यालयले आज खोज र नष्ट कार्यक्रम सम्वन्धि अभिमुखीकरण गरेको छ । डेङ्गी रोग नियन्त्रणका लागि वडा कार्यालयको नेतृत्वमा विद्यालय, टोल संगठन, सहकारी संस्थाका शेयर सदस्यहरु मार्फत अभियानलाई घर–घरमा पुर्याइने भएको छ । डेङ्गी रोगको सम्भावित महामारीको तयारी […]

कोशीमा नयाँ सरकार गठनबारे कांग्रेस–माओवादीका शीर्ष नेताबीच छलफल

विराटनगर, १३ साउन । कोशी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल माओवादी र कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ । आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौला लगायतले छलफल गरेका हुन् । सर्वाेच्चको अदालतको […]

गरीव जनतालाई स्वास्थ्य एवं शिक्षामा नोना कोइरालाको महत्वपूर्ण सहयोग : नेता डा. कोइराला

विराटनगर, १३ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा शेखर कोइरालाले स्व. नोना कोइरालाले गरीव ,विपन्न एवं पछाडि परेका नागरिकहरुलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलव्ध गराउनु भएको बताउनु भएको छ । नोना कोइराला स्मृति प्रतिष्ठानको आज विराटनगर–४ स्थित इक्राहीमा आयोजित साधारण सभामा उहाँले स्व. कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट […]

मोरङ र सुनसरीमा अपाङ्गता पुर्नस्थापना कार्यक्रमको प्रगति ८१ प्रतिशत

विराटनगर ११ साउन । कोशी प्रदेश सरकार, स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत साँझेदारीमा सञ्चालित अपाङ्गता पुर्नस्थापना कार्यक्रमको स्वामित्व प्रदेश सरकार र स्थानीयतहहरुले लिएका छन् । चालु आर्थिक वर्ष २०८०–०८१ देखि प्रदेश र स्थानीय तहहरुले आफ्नै लागत साझेदारीमा कार्यक्रमलाई अघि बढाउने भएका छन् । ३ वर्ष अघि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउन्डेसनको […]