प्रमुख कोइरालाको नेतृत्वमा महानगरका २२ योजनाहरुको अनुगमन

विराटनगर १ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरका विभिन्न वडामा चालु आर्थिक वर्षको बजटेबाट सम्पन्न योजनाहरुको अनुगमन गर्नु भएको छ । उपप्रमुख शिल्पा निराला कार्की र प्राविधिकसहित विभिन्न वडा पुग्नु भएका मेयर कोइरालाले सडक र सामुदायिक भवनहरुको अनुगमन गर्नु भएको हो । ठेक्का सम्झौताअनुसार काम भए/नभएको उहाँले जानकारी लिनुभएको थियो । सम्झौताअनुसार काम […]

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा दोषी देखिएकालाई कारवाहीको माग

विराटनगर १ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा दोषी देखिएका राजनीतिक दलका नेताहरुलाई कारवाहीको माग गरिएको छ । भ्रष्टाचार विरुद्धको नागरिक संस्था मोरङ विराटनगर संस्थाका अध्यक्ष तथा पत्रकार सम्पादक मोहन भण्डारी र संस्थाका निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठ नेतृत्वको टोलीले आज मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाह मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई […]

टंकीसिनवारी जेसीजले ६ दिने उद्यमशिलता विकास संवन्धि तालिम दिने

विराटनगर १ जेठ । मोरङ बुढीगंगाको टंकीसिनवारी जेसीजले ६ दिने उद्यमशिलता विकास संवन्धि तालिमको आयोजना गर्ने भएको छ । बुढीगंगा गाउँपालिकासँगको सहकार्यमा जेसीजले आगामी जेठ ९ गते देखि १४ सम्म तालिम आयोजना गर्न लागेको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । बुढीगंगाका ७ वटा वडाहरुबाट १०–१० जनाको दरले ७० जना तालिमका सहभागी छनौट […]

उद्योगहरुको सुरक्षा, सवलीकरण तथा महासंघको स्थायी संरचना मुख्य प्राथमिकता : अध्यक्ष राउत

विराटनगर ३१ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षासँगै सवलीकरण गर्दै लैजाने बताउनु भएको छ । उहाँले कोशी प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षाको प्रत्याभूती गराउँदै सवलीकरण गरिदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । आज विराटनगरमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष, कार्यकारिणी […]

धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक : प्रमुख कोइराला

विराटनगर ३१ वैशाख । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताउनुभएको छ । श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बत्र लागेको चार कोठे भवनको आज शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रमुख कोइरालाले लोप […]