माेरङ ग्रामथानकाे अध्यक्ष पदका लागि मतदान शुरू

विराटनगर १६ मंसिर । माेरङकाे ग्रामथान गाउँपालिकाकाे अध्यक्ष पदका लागि मतदान शुरू भएकाे छ ।

निर्धारित समय विहान ७ वजेदेखि नै ग्रामथानका सवै केन्द्रहरूमा मतदान शुरू भएकाे सहायक निर्वाचन अधिकृत रामराज पाैडेलले जानकारी दिनुभयाे ।

ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा एक स्वतन्त्र सहित १६ जना प्रतिष्पर्धामा रहेका छन् ।

अध्यक्ष पदका लागि नेकपा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी छन् ।

गत असार ३ गते ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारकाे निधन भएका कारण आज उपनिर्वाचन भएकाे हाे । ग्रामथानकाे १२ मतदान स्थलका २९ मतदान केन्द्रमा मतदान शुरू भएकाे छ । निर्वाचनमा २६ हजार ४४ मतदाता छन् ।