छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा लागू हुन सकेन : सभामुख विष्ट

विराटनगर २२ पुस । कोशि प्रदेशको सभामुख अम्बरबहादुर बिष्टले जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा अझै लागू हुन नसकेको बताउनु भएको छ। आज बिराटनगरमा दलित महिला संघले आयोजना गरेको २ दिने दलित महिला सशक्तीकरण र समाबेशिकरणको सवाल बिषयक प्रदेश स्तरीय कार्यक्रममा उहाँले येस्तो बताउनु भएको हो । बिष्टले सरकारले […]

माघ ११ देखि विराट एक्स्पो

विराटनगर २२ पुस । उद्योग संगठन मोरङले आगामी माघ ११ देखि विराट एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । आयोजक उद्योग संगठन मोरङले आज एक्स्पो स्थल विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै माघ ११ देखि २० गते सम्म विराट एक्स्पो हुने जानकारी दिएको हो । एक्स्पोमा ९ पेभिलियन रहने छ । […]

विराटनगर महानगरपालिका : लक्ष्यको ३५ प्रतिशत मात्रै आय

विराटनगर २१ पुस । विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको छ । […]

तेजस्वी वचत तथा ऋण सहकारीमा चुँडाल

विराटनगर २० पुस । तेजस्वी वचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षमा देवी चुँडाल निर्वाचित हुनु भएको छ । सहकारीको आज सम्पन्न १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले चुँडालको अध्यक्षमता १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित समितिकाे उपाध्यक्षमा शम्भु पाेखरेल, सचिवमा मीना केसी, काेषाध्यक्षमा कमल काेइराला रहनु भएकाे छ । सदस्यहरूमा […]

प्याब्सन मोरङको अध्यक्षमा बस्नेत, कोषाध्यक्षमा गोलाप्रथाबाट भट्टराई निर्वाचित

विराटनगर २० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित हुनु भएको छ । विराटनगरमा सम्पन्न १६ औं जिल्ला अधिवेशनमा निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र सुवेदीलाई १७ मतले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको हो । गएराती सम्पन्न अन्तिम मतपरिणाम अनुसार वस्नेतले १०७ मत ल्याउनु भयो भने सुवेदीले ९३ मत प्राप्त गर्नु […]