आजदेखि नयाँ बर्ष २०८१ शुरु

विराटनगर १ वैशाख । आज विक्रम सम्वत २०८१ सालको पहिलो दिन । नयाँ वर्ष २०८१ साल आजदेखि सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ […]

सरकार फेरिए पिच्छे नाम फेरिने अस्पताल, उद्घाटनमै लाखौं गुम्यो

चीना थापा कोभिड १९ को महामारी फैलिएपछि तत्कालीन सरकारले २०७६ साल चैत ७ गते प्रदेश निर्देशन समितिको निर्णयअनुसार प्रदेश सरकारले ५० शैयाको कोशी अस्पताललाई कोभिड–१९ उपचार केन्द्र बनाएर सञ्चालनमा ल्याएको थियो ।उक्त समयमा जीवन घिमिरे सामाजिक विकास मन्त्री थिए । स्वास्थ्य क्षेत्र सामाजिक विकास मन्त्रालयले हेर्दै आएको थियो । कोरोना महामारीको बेला प्रदेश सरकारले करोडौं […]

कोशी प्रदेश :३९ प्रतिशत स्वास्थ्य जनशक्तिको अभाव

विराटनगर २९ चैत । कोशी प्रदेशमा ३९ प्रतिशत स्वास्थ्य जनशक्तिको अभाव छ । स्वास्थ्य जनशक्ति अभावका कारण स्वास्थ्यको कार्यसम्पादनमा समस्या देखिएको छ । आ.व. २०८०–८१ स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय अर्धवार्षिक समीक्षा एवम् योजना तर्जुमा गोष्ठीमा स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले करिव ६० प्रतिशत जनशक्तिले कोशी प्रदेशको स्वास्थ्य क्षेत्र सम्हालिरहेको बताउनुभयो । स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्बेद […]

सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल, महासचिवमा भण्डारी

बिराटनगर, २९ चैत । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम) चयन भएकी छिन् । बिराटनगरमा सम्पन्न महासंघको प्रथम महाधिवेशनबाट उदयपुरकी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउँने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् । त्यस्तै उपाध्यक्षमा ओखलढुङ्गा निवासी लीलावहादुर सुनुवार र झापा निवासी इश्वरा तिवारी […]

विराट मोडल कलेज : २५० विद्यार्थीलाई स्वागत, १०२ जनालाई विदाई

विराटनगर २९ चैत । विराटनगर– ९ मा रहेको विराट मोडल कलेजले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम गरेको छ । वीवीएस र वीएड पहिलो वर्षका २ सय ५० जना विद्यार्थीलाई स्वागत गरिएको छ । त्यसैगरी चौथो वर्षका वीवीएस र वीएडका १ सय २ जना विद्यार्थीलाई कलेजले विदाइ गरेको छ । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका परीक्षा सह […]