
विराटनगर,९ भदौ । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
वडाका विभिन्न २८ वटा टोल समितिका सभापति र क्रियाशिलहरु संग भेटघाट तथा परामर्श गरी कार्यक्रम सम्पन्न गरेको हो । उक्त अभियान विधिवतरुपमा भदौ १४ गते शनिबार बिहान वडा कार्यालय कञ्चनबारीमा एक कार्यक्रमका बीच सम्पन्न हुने वडा सभापति राजकुमार तवदारले जानकारी दिए । सोमबार थानटिोलका सभापति मुकेश शर्मालाई क्रियाशिल सदस्यताको प्रमाणपत्र प्रदान गर्दै वडा सभापति तवदारले प्रमाणपत्र वितरणको कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस वडा न.४ का उपाध्यक्षद्वय अर्जुन चुडाल,बलक राजबंशी ,सचिव राजेन्द्र भट्टराई (राजन) ,स्थानीय नेताहरु काशीनाथ चुडाल,धिरेन्द्र तवदार,सुरेश थापा मगर,अमृता थापा मगर , गणेश ब.मगर , रामदेव राजबंशी, कृष्ण थापा, तुलसीजंग पोखरेल ,गयालाल मण्डल , भोजकुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।