एमाले मोरङको दशौं जिल्ला अधिवेशन स्थगित, ११ सदस्यीय कार्यसम्पादन समिति गठन

विराटनगर २० पुस । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । आगामी पुस २७–२८ गते विराटनगरमा गर्ने तय भएको अधिवेशन स्थगित गरिएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । जिल्ला अधिवेशनका लागि आवस्यक तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार अधिवेशनको मिति चाँडै तय […]

वीपीको मेलमिलाप नीति पार्टीभित्र पनि प्रयोग गरौ : नेता पराजुली

विराटनगर,१६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताउनु भएको छ । नेपाली कांग्रेस मोरङद्धारा आज विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको […]

नेपाल ट्रेड यूनियन काँग्रेसद्धारा राष्ट्रिय सभा निर्वाचनका लागि ३ जनाको नाम सिफारिस

विराटनगर १५ पुस । नेपाल ट्रेड यूनियन काँग्रेसले श्रमिक आन्दोलनमा लामो समय योगदान पुराएका तीन जनालाई राष्ट्रिय सभा उम्मेदवारका रुपमा सिफारिस गरेको छ । ट्रेड यूनियनका महासचिव अजयकुमार राईका अनुसार राष्ट्रिय सभामा श्रमिक वर्गको प्रतिनिधित्व गराउनका लागि काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष उम्मेवार सिफारिस गरिएको जानकारी दिनुभयो । नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व नभएको हुदाँ आउँदो […]

राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन धामीको मन्त्र जस्तो : एमाले अध्यक्ष ओली

विराटनगर १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गर्नुभएको छ । चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको भएको टिप्पणी गर्नुभयो । धामीले मन्त्र पढ्दा […]

तीनै तहको सरकारलाई प्रभावकारी बनाउन राष्ट्रिय सहमति जुटाऊ : मुख्यमन्त्रीहरु

विराटनगर १३ पुस । सात प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि नियमित छलफल गर्ने संयन्त्र विकास गरी राष्ट्रिय सहमति सहितको साझा धारणा निर्माणमा पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । हेटौंडामा भएको भेलाले नौबुँदे साझापत्र तयार पारेको छ, जुन […]