नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर नबोलेको : रास्वपा अध्यक्ष लामिछाने

विराटनगर ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय अध्यक्ष रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर कहि कतै नबोलेको बताउनु भएको छ । विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सेनाको सङ्ख्याको घटाउन सम्बन्धमा सांसद र पार्टीले सेना घटाउने कुनै योजना र पक्षमा समेत नरहेको स्पष्ट पार्नु भयो । अध्यक्ष […]

एमालेको सदस्य संख्या घटेको भन्ने हल्लामा कुनै सत्यता छैन : एमाले

विराटनगर ४ साउन । नेकपा एमालेले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले बिहीबार विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन् । “नेकपा एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन”, जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक […]

७ लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एक वर्षे अभियान चलाउने

विराटनगर २ साउन । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राख्नु भएको हो । उहाँले भन्नुभयोे, ‘कम्तीमा […]

कांग्रेस संसदीय दलको नेता परिवर्तनमा निरन्तर प्रयास रहनेछ : महामन्त्री थापा

विराटनगर, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता परिवर्तनमा आफ्नो निरन्तर प्रयास रहने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टीका साथीहरुको साथ र सङख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनमा सार्थक प्रयास हुने स्पष्ट पार्नु भयो । महामन्त्री थापाले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न […]

एमाले सचिवालय बैठक बस्दै

विराटनगर ३० असार । नेकपा एमालेको सचिवालय बैठक (शनिवार) आज बस्दै छ । केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको केन्द्रीय कार्यालय बैठकले एजेण्डा तय गरेको हो । नेताहरुको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल सचिवालयका एजेण्डा […]