माधव जी सत्ता समीकरण भित्रै हुनुहुन्छ : प्रधानमन्त्री दाहाल

विराटनगर, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल वर्तमान सत्तासमिकरण भित्र रहनु भएको बताउनु भएको छ । प्रधानमन्त्री दाहाल आज विहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एसका अध्यक्ष नेपालसंग आज विहान कुराकानीमा समिकरण भित्र रहेको प्रष्ट पार्नु भयो । उहाँले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग माधव नेपालको कुराकानी र […]

राधेश्याम दली वाम आन्दोलनका अग्रज योद्धा : मुख्यमन्त्री कार्की

विराटनगर १७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्व. राधेश्याम दली वाम आन्दोलनका अग्रज योद्धा हुनु भएको बताउनु भएको छ । नेकपा एमाले मोरङ कमिटी र पुष्पलाल स्मारक समिति विराटनगरद्वारा संयुक्त रुपमा बुधबार साँझ विराटनगरमा आयोजित ‘नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा राधेश्याम दलीको स्मृतिमा प्रकाशित पुस्तकको लोकापर्ण समारोहमा उहाँले स्व.दली मुलुकमा एकतन्त्रीय शासन […]

नीति तथा कार्यक्रम रोकिदैन : मुख्यमन्त्री कार्की

विराटनगर १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्धारित समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याईने बताउनु भएको छ । नेपाली कांग्रेसले प्रदेश सभाको बैठकमा सहभागी नभए पनि कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । आज बसेको एमाले संसदीय दलको बैठकले कांगेसको उपस्थिति भएर विरोध जनाए वा उपस्थित नभए पनि […]

संसदीय छानबिन समिति गठनमा कांग्रेसले अडान नछाड्ने

विराटनगर १४ जेठ । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने भएको छ । पार्टीका शीर्ष नेताको बैठकले आफ्नो अडान यथावत राख्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी गराउनुभयो । कांग्रेसले विहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान राखेको थियो । सत्ता पक्षले भने […]

नागरिकताको विषय छानविन गर्दा प्रेस स्वतन्त्रता हनन हुँदैन : एमाले अध्यक्ष ओली

विराटनगर १० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको विषय छानविन गर्दा प्रेस स्वतन्त्रता हनन नहुने बताउनु भएको छ । आज विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालयको आग्रभागमा स्थापना गरिएको मदन भण्डारी, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको शालिक अनावरण कार्यक्रममा अध्यक्ष ओलीले नागरिकताको विषय छानवीन गर्दा प्रेस स्वतन्त्रता हनन नभएको प्रस्टाउनुभयो । उहाँले भन्नुभयोे, […]