नेकपा एमाले मोरङद्धारा कार्यविभाजन, ११ जना जिल्ला सदस्यमा मनोनित

विराटनगर १५ साउन । नेकपा एमाले मोरङले कार्यविभाजन गरेको छ । मोरङको सुन्दरहरैचामा आज सम्पन्न दोश्रो पूर्ण बैठकले कार्यविभाजन गर्ने निर्णय गरेको हो ।

पूर्ण बैठकले अध्यक्ष अजम्वर राईलाई स्थानीय विकास विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । उपाध्यक्ष सागर थापालाई, स्थानीय मामिला तथा प्रशासन विभाग प्रमुख, सचिव सोमराज थापालाई, संगठन विभाग प्रमुख, उपसचिव उषा झालाई, वित्तिय तथा कोष ब्यवस्थापन प्रमुख, र उपसचिव सन्तोष बान्तवा राईलाई जनसंगठन संयन्त्र विभाग प्रमुखको जिम्मेवारी दिईएको छ । बैठकले संघीय निर्वाचन क्षेत्र अन्र्तगत क्षेत्रीय कमिटीका संयोजकहरु पनि चयन गरेको छ ।

क्षेत्र नं. १ को क्षेत्रीय कमिटी संयोजकमा अग्नी भट्टराई, २ मा दुर्गा विष्ट, ३ मा भोला अधिकारी, ४ मा राजन भण्डारी, ५ मा सुकदेव यादव र क्षेत्र नं. ६ मा वैजु विश्वासलाई जिम्मेवारी दिने निर्णय गरिएको सचिव सोमराज थापाले जानकारी दिनुभयो । दोश्रो पूर्ण बैठकले ११ जना जिल्ला कमिटी सदस्यहरुको मनोनित गरेको छ ।

मनोनित हुनेहरुमा बुद्धीमान लिम्वु, मात्रिका ढकाल, महेश्वर यादव, मुकेश बुढाथोकी, जयप्रकाश चौधरी, यशोदा लिम्वु, गुणावती धामी, कृष्णकुमारी निरौला, तिला शर्मा, सुमन मिरिङचिङ र इरान राई रहनु भएको सचिव थापाले जानकारी दिनुभयो ।

पूर्ण बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।