पूवि : कलेज अफ लमा कानूनमा स्नातकोत्तर तहको अध्यापन शुरू

विराटनगर १३ माघ । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ ल ले कानूनमा स्नातकोत्तर तहको अध्यापन शुरू गरेको छ । स्नातकोत्तर तहमा अध्ययनका लागि ७७ जनाले प्रवेश परीक्षा दिएका छन् । क्याम्पसले ५० जनालाई भर्ना गरी अध्यापन गर्ने डाइरेक्टर महेश प्रसाद निरौलाले जानकारी दिनुभयो । दुई वर्षे स्नातकोत्तर तहको कार्यक्रम सञ्चालका लागि धेरै अघिदेखि विद्यार्थीहरूबाट […]

प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा निर्वाचित

विराटनगर १२ माघ । प्रेस चौतारी मोरङको विराटनगरमा आज सम्पन्न ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा चीना थापालाई निर्वाचित गरेको छ । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष हुनु भएको छ । जिल्ला कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा […]

अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत : मुख्यमन्त्री कार्की

विराटनगर १२ माघ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ। आज प्रेस चौतारी मोरङकाे अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो पनि संवैधानिक व्यवस्था हो र यो जनतालाई राहत […]

प्रधानसम्पादक विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार

विराटनगर १२ माघ । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनका अवसरमा आज अरुण खवरका प्रधानसम्पादक विष्टलाई नगद २१ हजार राशी सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित गर्नुभएको हो । प्रेस चौतारी मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका […]

हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ‘ग्लोबल म्याथ डिबेट लिग’मा सहभागी हुने

विराटनगर ११ माघ । विराटनगर –४ बरगाछी पश्चिममा अवस्थित हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ‘ग्लोबल म्याथ डिबेट लिग’मा सहभागी हुने भएका छन् । काठमाडौंमा हुन लागेको ग्लोबल म्याथ डिबेट लिगमा हेरिटेज स्कूलमा अध्यनरत कक्षा ७ र ८ का विद्यार्थीहरू सहभागी हुन लागेका हुन् । कक्षा ७ का आरोन खतिवडा र प्रज्ञान राठी तथा कक्षा ८ का […]