आम सञ्चार विधेयक पुनरावलोकन प्रतिवेदन हस्तान्तरण

विराटनगर १७ असार । साझा सवालका लागि साझा मञ्च (कोकन) ले कोशी प्रदेश सभामा दर्ता भएको आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ लाई पूनरावलोकन गरि हस्तान्तरण गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी र प्रदेश सभा, न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नाललाई कोननका अध्यक्ष मन्जीता उपाध्यायले सोमबार हस्तान्तरण गर्नुभएको हो ।

कोकनले ६५ वटा बुँदामा उपलव्ध गराएको सुझावमा विधेयकको संस्थागत संरचनाको रुपमा प्रदेश आम सञ्चार परिषद रहनु पर्ने लगायतका विषय समेटीएको छ । युएनडिपीको संसद सहयोग परियोजनाको सहयोगमा गरिएको पुनरावलोकन प्रतिवेदन हस्तान्तरण गर्नु अघि चरणवद्ध रुपमा सरोकारवालाहरुसँग अन्तकृया गरिएको थियो ।

प्रतिवेदन ग्रहण गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले विधायन समितिसँग छलफल गरी उपयुक्त निर्णय लिईने बताउनुभयो । प्रदेश सभा, न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले अध्ययन गरी सहयोग गरेकोमा कोकन र विषय विज्ञहरुलाई धन्यवाद दिनुभयो ।

प्रदेश सचिवालय भवनमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उपसभामुख सृजना दनुवार, नेकपा एमालेका प्रमुख सचेतक विदुर लिंथेप, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक गीता तिम्सिना, प्रदेश सभा सदस्यहरु गोम्बु शेर्पा, मालती राई, शीला दिक्षीत कार्की, ललिता चौधरी, प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्य, उपसचिव डिल्लीराज आचार्य, अधिकृत अन्जु कार्की, सञ्चार विज्ञ कमल पौडेल, अधिवक्ता कोषराज न्यौपाने, संसदीय पत्रकार समाजका पूर्व अध्यक्ष गणेश लम्सालको समेत उपस्थिति रहेको थियो ।