सार्वजनिक लेखा समिति सभापति पोखरेलद्धारा विद्यालय भवनको उद्घाटन

विराटनगर २४ साउन । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मोरङको कानेपोखरीमा रहेको शिक्षा विकास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । बुधबार कानेपोखरी गाउँपालिका वडा नम्बर २ दलेलीमा रहेको विद्यालयमा निर्मित १० कोठे भवनको पोखरेलले उद्घाटन गर्नुभएको हो । सभापति पोखरेलले विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । […]

कर्मचारीलाई अन्याय नहुने गरी सरकारले काम गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर, २४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि कर्मचारीलाई अन्याय नहुने गरी सरकारले काम गर्ने बताउनुभएको छ । बुधबार साँझ नेपाल निजामती कर्मचारी संगठनले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कर्मचारीको वृत्ति विकास र सन्तुलन कायम राख्ने गरी काम गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘संघीय निजामती ऐन नआएका कारण प्रदेशमा […]

कोरोना बीमाको दावी भुक्तानी हुन्छ : सिलवाल

विराटनगर २२ साउन । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको रकम भुक्तानी हुने बताउनु भएको छ । सरकारले कोरोना बीमाको पैसा दिने प्रतिवद्धता जनाएको उहाँले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ मोरङमा मंगलबार प्राधिकरणले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानी गर्नेपर्ने बताउनुभयो । आफू काठमाडौं पुग्ने बितिक्कै बीमा कम्पनीहरूसँग […]

विद्युत प्राधिकरणले साढे ८ अर्ब हैन २२ अर्ब उठाउन बाँकी छ : सभापति पोखरेल

विराटनगर २२ साउन । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विवादास्पद बनेको विद्युत बक्यौताको सन्र्दभमा उद्योगी ब्यवसायीलाई भेट्नुलाई अन्यथाको रुपमा लिन नहुने बताउनु भएको छ । मंगलबार विराटनगरमा पत्रकारसँगको कुरकानीमा सभापति पोखरेलले उद्योगी ब्यवसायीसंग कार्यालय वा बाहिर भेट्नु र छलफल नै गर्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो । डेडिकेटेड र टं«क लाइन सेवा उपभोग गरेवापतको […]

कोशी प्रदेशका ४ जिल्लामा आज र भोलि भारी वर्षाको उच्च जोखिम, रात्रि बस नचलाउन प्राधिकरणको आग्रह

विराटनगर २२ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ । कोशी प्रदेशका ४ जिल्ला सहित  ३४ जिल्लामा आज र भोलि भारी वर्षाको उच्च जोखिम, रात्रि बस नचलाउन प्राधिकरणले आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी […]