एमएम कप क्रिकेटमा कोशी प्रदेश विजयी , पुलिस ३७ रनले पराजित

विराटनगर १६ वैशाख । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको समुह बी अन्तरगतको पहिलो लिग खेलमा आयोजक कोशीले नेपाल पुलिस क्लवलाई ३७ रनले पराजित गरेको […]

सौन्दर्यकर्मी युनियनद्वारा मानव सेवा आश्रमका ज्येष्ठ नागरिकलाई भोजन

विराटनगर १४ वैशाख । मातातीर्थ औंशीको अवसर पारेर राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई विशेष भोजन व्यवस्था गरेको छ । आश्रममा रहेको आश्रित रहेका आमाहरूलाई सम्मान गर्दै यो विशेष कार्यक्रम आयोजना गरिएको नाबुन विराटनगरकी अध्यक्ष बसन्ती गुरुङले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरू हाम्रो समाजका लागि अमूल्य सम्पत्ति […]

आत्महत्या नियन्त्रणका लागि सचेतना आवश्यक

विराटनगर १४ वैशाख । मानसिक रोगका कारण हुने आत्महत्या नियन्त्रणका लागि परिवार, समाजमा सचेतना आवश्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र धनकुटा वहुमुखी क्याम्पस धनकुटाद्वारा आज विराटनगरमा आयोजित आत्महत्या, लागु औषधि दुव्र्यसन तथा मानव वेचविखन नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा सहभागीहरुले मानसिक रोगका हुने आत्महत्या नियन्त्रणका लागि व्यक्तिलाई […]

सशस्त्रको एपीएफ विराटनगरमा जारी एमएम कप क्रिकेट प्रतियोगिताको शिर्ष स्थानमा उक्लियो

विराटनगर १४ वैशाख । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै शसस्त्र प्रहरीको एपिएफ शिर्ष स्थानमा उक्लिएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको समुह ए अन्तरगत दोस्रो खेलमा एपिएफले वागमती प्रदेशलाई ८ विकेटले पराजित […]

पत्रकार महासंघ कोशीको आयोजनामा खोज पत्रकारिता तालिम शुरु

विराटनगर १३ वैशाख । सञ्चारकर्मीहरुले परम्परागत शैलीमा लेख्ने समाचारलाई परिस्कृत गरि विषयक केन्द्रीत खोजमुलुक समाचारतर्फ कलम चलाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश एवं प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित पाँचदिने लैङ्गिक निवारण सम्बन्धमा महिला पत्रकारहरुलाई खोज पत्रकारिता तालीम उद्घाटनका अवसरमा सहभागीहरुले खोजमुलुक समाचारबाट सञ्चारकर्मीहरु आफ्नो खुट्टामा आफै उभिन सक्षम […]