ट्रान्सपोर्ट एसोसिएसन मोरङको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित

विराटनगर २४ जेठ । ट्रान्सपोर्ट एसोसिएसन मोरङको अध्यक्षमा शम्भु भट्टराई निर्वाचित हुनुभएको छ । आज भएको १५ औं साधारण सभा तथा आठौँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो । एसोसिएसनको उपाध्यक्षमा खगेन्द्र सिग्देल, महासचिवमा युवराज श्रेष्ठ, सचिवमा विनोद राजबंशी कोषाध्यक्षमा, केशरकुमार कार्की तथा सदस्यहरूमा राजकुमार खड्का, सन्तोष घिमिरे, कृष्ण बजगाई , ज्योति राजवंशी मण्डल , […]

जीवन विकास सामुदायिक अस्पतालको प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

विराटनगर २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा मेडिकल कलेज स्थापनाका लागि सरकार सहयोग गर्न तयार रहेको बताउनु भएको छ । मोरङको कटहरीमा जीवन विकास समाजले स्थापना गरेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन प्रालीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउनु भएको हो । […]

२० बुँदे विराटनगर घोषणा पत्र जारी गर्दै उपप्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलन सम्पन्न

विराटनगर २४ जेठ । २० बुँदे विराटनगर घोषणा पत्र जारी गर्दै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विराटनगरमा शुक्रबारदेखि शुरु भएको राष्ट्रिय सम्मेलन आज विराटनगर घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले न्यायिक समितिबाट भएका निर्णय तथा फैसलाहरुको अभिलेखका लागि प्रदेशस्तरीय सफ्टवेयर र सर्भरको व्यवस्थापन गर्न प्रदेश सरकारसँग […]

हुलाक सेवाकाे आधुनिकीकरण आवश्यक: मन्त्री गुरूङ

विराटनगर २४ जेठ । सञ्चार  तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवाकाे आधुनिकीकरण आवश्यक भएकाे बताउनु भएकाे छ । राणाा शासनकालमा स्थापना भएकाे उमेरले जेठाे भएपनि कामले अहिले कान्छाे भएकाले आधुनिकीकरण आवश्यक भएकाे उहाँको भनाइ छ । हुलाक सेवा विभागले आज विराटनगरमा आयाेजना गरेकाे हुलाक सेवा विभागकाे पुनर्संरचना विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरूङले […]

सङ्घीय गणतन्त्रको महत्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर २३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर संघर्षबाट स्थापित सङघीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम भनेको स्थानीय तह भएको बताउनु भएको छ । विराटनगर महानगरपालिकाद्वारा आयोजित पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुको दुई दिने राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले स्थानीय तहलाई विकास निर्माणप्रति सक्रिय, जागरुक र जवाफदेही बनाउन सफल भएको विचार राख्नु भयो […]