सुजुकी अटो प्यालेस विराटनगरद्धारा नयाँ एसयुभी भिक्टोरिस सार्वजनिक

विराटनगर ७ माघ । सुजुकी गाडीको आधिकारिक बिक्रेता सुजुकी अटो प्यालेस विराटनगरले नयाँ एसयुभी भिक्टोरिस सार्वजनिक गरेको छ ।

१०५ वर्षीया रोमनकुमारी भट्टराईले आज एक कार्यक्रमका वीच गाडी सार्वजनिक गर्नु भएको थियो । भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्तम समिश्रणका रूपमा यो एसयुभिलाई बजारमा उतारिएको सुजुकी अटो प्यालेसका प्रवन्ध निर्देशक राजेश भट्टराईले बताउनुभयो ।

ग्राहकको आराम, सुरक्षा र सुखद ड्राइभिङ अनुभवलाई मध्यनजर गर्दै यसमा आधुनिक समयका सबै आवश्यक सुविधाहरू समावेश गरिएको उहाँले बताउनुभयो । गाडीको लन्चिङ अफर मूल्य ५० लाख ९९ हजार रूपैयाँ कायम गरेको छ ।

पहिलो ५० वटा गाडी खरिदमा ३ लाख छुट गरिएको उहाँले जानकारी दिनुभयो ।